काठमाडौ – लोकप्रिय गायक प्रमोद खरेलको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगित तथा सुदर्शन पोखरेलको शब्दमा तयार भएको मार्मिक गीत “अरुलाई माया” आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।
एभरेष्ट ग्यालरीको युटुब मार्फत सार्वजनिक भएको उक्त भिडियोमा सनम कठायत, समिक्षा पोखरेल र गौतम डङ्गोलको अभिनय रहेको छ । उत्सव दाहालको छायांकन , टेकेन्द्र शाहको सम्पादन तथा अन्जन शर्माको निर्देशन रहेको छ ।