Thursday 20th March 2025

    आजदेखि आठौं संस्करणको निफ महोत्सव    हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मेलन २०८१ भव्य रूपमा सम्पन्न    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    एपिक अवार्डमा शोभा पाण्डे, सुष्मा शाही ठकुरी र अमृत खाती उत्कृष्ट    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक

राजाराम गौतमको अभिनयमा ‘रक तिज’ सार्वजनिक 

Friday, July 10, 2020 National Power

डिएआर मुभिजले ‘रक तिज’ दोहोरि गीत सार्वजनिक गरेको छ । तिज माथिको विकृतिलाई गीत मार्फत देखाउन खोजिएको छ ।

व्याटल कन्सेप्टमा बनेको गीतमा शब्द, लय, संगीत तथा स्वर प्रभावन जे को रहेको छ भने भुवन बडु, जीवन बडु, पुस्पा बोहरा, स्मृति शाही, बिबेक चौलागाईं र माही बडुको पास्र्व स्वर रहेको छ । र्यापर जगत तिर्वाले गीतमा र्याप गरेका छन् । जगतको र्यापले आधुनिकताको भड्किलो संस्कृतिलाई प्रस्तुत गर्न खोजिएको छ ।

जीवन बडुले म्युजिक एरेन्ज गरेका हुन् भने गीत बिग परिवेश रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।
प्रभावन जे को परिकल्पना तथा निर्देशनमा बनेको भिडियोमा सरोज दाहाल, राजाराम गौतम, विवेक चौलागाई, अनु पराजुली, रोजि कुंवर, आयुस्मा कार्की, भुवन बडु, जीवन बडु, माहि बडु, स्मृति शाही, दिपक कार्कि, लक्ष्मण चौलागाई, सन्तोष सुन्वार, मुकेश घतानी र साथमा साथिहरुको अभिनय गरेका छन् ।

ज्ञानेन्द्र शर्मा हुमागाई को उत्कृष्ट छायांकन रहेको भिडियोमा माधव श्रेष्ठको कोरियोग्राफि र यमुना पाण्डेको श्रृगार रहेको छ । विष्णु खड्काले भिडियोको सम्पादन गरेका हुन् ।

गीतको भिडियो हेर्नुहोस