Tuesday 10th December 2024

    गढीमाई मेलामा दर्शनार्थीको घुइँचो    गायक नारायण थापाको “परिणाम नखोज तिमी” सार्बजनिक    पैसाको कमी र यौन असन्तुष्टीका कारण पति-पत्नीको सम्बन्ध कमजोर हुन्छन्    हैदरावादमा पुष्पा–२ को लाइभ कार्यक्रममा भागदौड, एक महिलाको मृत्यु    ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

दिनप्रति दिन बढिरहेको आत्महत्याका घटनाले सिंगो समाज चिन्तित

Wednesday, July 8, 2020 National Power

           लेखक: डा.डिआर उपाध्याय

दिनप्रति दिन बढिरहेको आत्महत्याका घटनाले सिंगो समाज चिन्तित भएको छ । अझ फेसबुकमा लाईभ वा भिडियो खिच्दै आत्महत्या गरिएका घटनाले त समाजका अग्रजहरुलाई स्तब्ध नै बनाएको छ । अनमोल जीवनप्रतीको मोहभंगको जरोमा समाजका्े के कस्तो कमी–कमजोरीले मलजल गरिरहेको छ ? सबैले गम्भिरतापुर्वक चिन्तन–मनन गर्नुपर्ने अवस्था सिर्र्जना भएको छ । करिव एक वर्ष पूर्वको एक तथ्यांक अनुुसार विश्वमा प्रति ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्दछन् । कारोना भाइरस संत्रास तथा अन्य कारणले नेपालमा ६८४० जनाले आत्महत्या गरेका छन । कोरोना भाइरस संत्रास तथा करिव करिव विश्वभरी नै अपनाइएको लकडाउनको अवधिमा जताततै आत्महत्याको घटना ह्वात्तै बढेको पनि पाइयो ।

भारतिय अभिनेता सुशान्त सिंह राजपूत जस्ता प्रतिभाशालीको आत्महत्याले त मनोबैज्ञानिक हरुलाई समेत झस्काईदियो । आत्महत्यालाई काँथर मानसिकताको उपज मान्ने परम्परा पुरानो हो । तर यति सहजै यसलाई पन्छाउन मिल्दैन । आफ्नो जिन्दगीनै समाप्त पार्ने कदम उठाउन तत्पर हुनेको मनोभावनालाई कूनै एउटा दृष्टिकोणबाट नियाल्नु मनासिव नहोला जस्तो लाग्छ । लकडढाउनको अवधिमा नेपालमा ११०५ जनाले आत्महत्या गरे भने अहिले उपत्यकामा मात्रै दैनिक १ जनाले आत्महत्या गर्ने गरको दुःखद तथ्यांक सार्वजनिक भएको छ ।

मनोबैज्ञानिकहरुले अनेकौं अनुसन्धान गरी आत्महत्याका कारणहरु खोजे पनि त्यसको निराकरणका सटीक उपाय खोज्न सकेका छैनन् । कुन कुन परिस्थितिीमा आत्महत्या गर्ने विचार उत्पन्न हुन्छ , यसबारे सचेत गर्ने सार्थक प्रयत्न मनोबैज्ञानिकहरुले अवश्य नै गर्ने गरेका छन् । यसकै फलस्वरुप समयमै ति लक्षणको पहिचान गरेर मनोचिकित्कसकसंग परामर्श लिन पुग्ने वा पु¥याइने सम्भावित आत्महत्याका घटना टरिरहेको पनि छन् । आफन्त साथीभाई प्रेमी–प्रेमीकाबाट निरत्नर उपेक्षा, एक्ल्याउनु र आफुले माया गर्नेबाट मानसिक आघात आदि कारणले संसार तथा जीवनबाट मोहभंग हुँदा आत्महत्याबारे सोच उत्पन्न हुन्छ । धनको अभाव, ऋणको बोझले आत्महत्याका धेरै घटना गराएका छन् । हालै त्रिशूलीमा आफना स–साना छोराछोरी सहित हाम्फालेर एक दम्पतिले आत्महत्या गरेको ज्वलन्त उदाहरण छ ।

अधिकांश के देखिएको छ भने अत्यन्त संवेदनशील भावनामा बग्ने स्वभावका ब्यक्तिहरु आत्महत्याको बाटो अवलम्बन गर्ने गरेका छन् । यस्ता व्यक्तिहरु ठुला–ठूला आकांक्षा सजाउने र तिनि पूरा नहुँदा जीवनलाई नै तुच्छ ठान्ने गर्दछन् । यसको विपरीत यर्थाथबादी सोंच राख्ने दृढ निश्चयी व्यक्तिमा आत्महत्या जस्तो नकरात्मक निराशावादी चिन्तन कहिल्यै पलाउँदैन् ।

आत्महत्याको कलंकबाट सिंगो समाजलाई जोगाउनु प्रत्येक सचेत व्यक्तिको कर्तब्य हो । अत : यस्तो परिस्थिती आफू वरिपरि कहिँकतै सिर्जना हुन नदिन सजग हुनुपर्छ । विशेष गरी परिवारका हरेक सदस्य तथा साथीभाईले समयमै ध्यान पु¥याईदिएमा बढदो आत्महत्या नियन्त्रण गर्नमा ठूलो मद्धत प्राप्त हुने छ ।