Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

नेपालको आन्तरिक राजनितिमा चिनियाँ सक्रियता

Monday, July 6, 2020 National Power

काठमाडौ- नेपालको आन्तरिक राजनीतिमा चीनले सक्रियता बढाएको छ । नेपाल कम्युनिस्ट पार्टीभित्र विवाद चुलिएर फुटको सम्भावना बढेपछि चिनियाँ राजदुत हाउ यान्छीले सक्रियता बढाएकी छिन् । उनी नेकपाका शिर्ष नेताहरुको निवास पुगेर भेट्न थालेकी छिन् । यान्छीले हिजो नेकपा वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेकी छिन् ।

यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत भेटिसकेको बुझिएको छ । ओलीसँगको भेटपछि यान्छीले ओलीविरोधी नेताहरुलाई भेट्न थालेकी हुन् । हिजो नेपालसँग भेटवार्ता गरेकी उनले आज नेकपा अध्यक्ष प्रचण्डसँग भेट्ने तय भएको छ । नेपालसँगको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे गम्भीर छलफल भएको छ । नेपालनिकट स्रोतका अनुसार यान्छीले सहमति गरेर जान भनेकी छिन् ।

यसअघि यान्छीले ओलीको सत्ता डगमगाउँदा यस्तै भेट गरेकी थिइन् । उनले प्रचण्डसँग भेटेको खुलासा भएको थियो । यान्छीकै सक्रियतामा ओली सरकार जोगिएको विषय चर्चामा आएको थियो । यसपटक पनि उनको सक्रियतालाई नेकपालाई फुटबाट जोगाउने प्रयासका रुपमा लिइएको छ । पछिल्लो समय चीनको एकमात्र पार्टी चिनियाँ कम्युनिस्ट पार्टीसँग नेकपाको मित्रता निकै बढेको छ । दुवै पार्टीबीच संयुक्त प्रशिक्षण समेत हुनेगरेको छ ।

# Repoters nepal#