Sunday 16th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

प्रचण्ड राजिनामा माग्ने, ओली दिन्न भन्ने ! यो जुहारी कहिले सम्म ?

Friday, July 3, 2020 National Power

काठमाडौ- यतिबेला नेकपाका अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा कुनै हालतमा राजीनामा नदिने अडानका साथ बसेका छन् भने नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पटक पटक राजीनामा माग्दै आएका छन् । हिजोको भेटमा पनि प्रचण्डले ओलीको राजीनामा मागेका थिए । यो जुवारी पछिल्लो केही दिन देखि तिब्र भएको देखिन्छ ।

प्रचण्डलेओलीसँगको भेटमा राजिनामा दिन सुझाए पनी ओलीले प्रचण्डको सुझावलाई अस्वीकार गरेका छन । बरु मन्त्रिमण्डल पुर्नगठन देखि अन्य समायोजन गरी जान सकिने प्रस्ताव राखे । ओलीले पार्टी बिघटनमा जान सक्ने तर प्रधानमन्त्रीबाट राजीनामा नदिने सन्देश यश अघिनै दिइसकेका छन् ।

प्रचण्डले यसअघि दुईवटा विवादास्पद अध्यादेश ल्याउँदा पनि राजीनामा मागेका थिए । तर, त्यतिबेला विरोधी समुहबीच बलियो एकता हुन नसक्दा ओलीको सत्ता टिक्यो ।

पछिल्लोपटक ९ असारमा प्रचण्डले ओलीको राजीनामा मागेका थिए । महासचिव विष्णु पौडेलको पहलमा बामदेव गौतमसहित बालुवाटारमा भएको छलफलमा ओलीलाई सरकारबाट ब्याक हुन प्रचण्डले भनेका थिए । त्यसको केही दिनमै बालुवाटारमै मदन भण्डारी प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रचण्डले आफूलाई केही नेताहरु र भारतको राज्य संयन्त्र सत्ताबाट हटाउन लागिपरेको अभिव्यक्ति दिएका थिए ।

नेकपा स्थायी कमिटि बैठकमा १० असारमा नेताहरुबीच कटाक्ष समेत भएको थियो । त्यसपछि स्थायी कमिटीमा ओलीविरोधी समुहले धमाधम राजीनामा माग्न थाले । प्रचण्डले फेरि राजीनामा मागे । तर, ओली राजीनामा दिन तयार देखिएका छैनन् ।

आज अन्तिम प्रयास गरी ओलीलाई मनाउने प्रयास भएको छ । तर, त्यसको सम्भावना क्षीण भइसकेको छ । सम्भवत आज र भोलिसम्म नेकपा विवाद वारपार हुने देखिदैछ ।

– (तस्वीर : स्पोट लाईट नेपाल )