Wednesday 17th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

लायन्स क्लब अफ पोखरा पिसद्वारा खाद्यान्न तथा औषधी वितरण

Wednesday, July 1, 2020 National Power

काभ्रेपलान्चोक – लायन्स क्लब अफ पोखरा पिस सोसाईटिले लायन बर्षको सुरुवातमै खाद्यान्न तथा औषधी वितरण गरेको छ । पोखरा महानगरपालिका वडा नं. १५ स्थित पोखरा आरोग्य आश्रमका बृद्धवृद्धाहरुलाई खाद्यान्न तथा औषधी वितरण गरेको हो ।

कार्यक्रममा डिपार्टमेन्ट चिफ लायन होमबिलास सापकोटा, सँस्थापक अध्यक्ष लायन रुद्र केसी , जोन चेयरपर्सन प्रदीप बराल, आश्रमका अध्यक्ष नारायण शर्मालगायतले क्लबका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुलाई बधाई दिँदै लायन्सका गतिविधिले समाजमा छुट्टै छाप छोड्न सफल भएको र अझै धेरै सेवामूलक कामहरुमा जोड दिन आग्रह गरे ।

क्लबका अध्यक्ष लायन बोधराज रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव लायन नरेन्द्रकुमार कार्कीले गरेका थिए ।