Tuesday 16th April 2024

    एक पटक पुग्नै पर्ने स्थान दोलखा शैलुङ    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

मुख्यसचिवको नेतृत्वले सरकारलाई अहिलेको जस्तै लकडाउन कायम राख्न सिफारिश गर्ने

Sunday, June 28, 2020 National Power

काठमाडौ- लकडाउनको मोडालिटी तयार पार्न गठित मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलको बैठक सम्पन्न भएको छ ।

आइतबार सिंहदरबारमा बसेको कार्यदलको बैठकले लकडाउन अहिलेकैजस्तै कायम गर्नेबारे सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।

सरकारले लकडाउन खुकुलो बनाएको छ । कोरोना संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउन यसअघि सरकारले ‘उच्चस्तरीय क्राइसिस म्यानेजमेन्ट टिम’ गठन गरेको थियो। उक्त कार्यदलमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका सुरक्षा प्रमुख छन्।