Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

शिवहरि पौडेलको नयाँ गीत ‘चियासँग चुरोट’ आउदै

Friday, June 26, 2020 National Power

काभ्रेपलान्चोक – हास्य कलाकार शिवहरि पौडेलको नयाँ गीत ‘चियासँग चुरोट’ स्रोता/दर्शकमाझ आउने भएको छ । शिवहरि र समिक्षा अधिकारीको स्वरमा रहेको गीत ‘चियासँग चुरोट’को भिडियो स्रोता/दर्शकमाझ आउन लागेको हो । सुन्दर पन्तको शब्द, वावुल गिरीको सङ्गीत रहेको गीतको भिडियो छिट्टै नै दर्शक/स्रोतामाझ आउने शिवहरि पौडेलले बताए ।

शिवहरिकै निर्माण निर्देशन रहेको गीतको भिडियोमा विकास फिरोज, मनिषा श्रेष्ठको अभिनय रहेने छ । देवराज सापकोटा/नवराज रिजालको कोरियोग्राफी रहेको भिडियोलाई नवराज उप्रेतीले छायाँकन गरेका छन् भने मनोज कार्कीले सम्पादन गरेका छन् । नन्दा अधिकारीको मेकअप रहेको छ । ‘हामीले यो गीत मुखमा हान्नुजस्तो युट्युव च्यानलबाट छिट्टै सार्वजनिक गर्दै छौ’, शिवहरिले भने