Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

नेपाल चलचित्र तथा सास्कृतिक प्रतिष्ठानका पदाधिकारिले चलचित्र बिकास बोर्ड लाई सुझाव पेश

Friday, June 26, 2020 National Power

काठमाडौ – आज नेपाल चलचित्र तथा सास्कृतिक प्रतिष्ठानका पदाधिकारिको एक टोलिले नेपाल चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष श्री दयाराम दाहललाई भेटी समग्र नेपाली चलचित्र क्षेत्रको समस्या र त्यसको समाधानका लागि सुझाव पेश गरेको छ।

बोर्ड अध्यक्षको कार्य कक्षमा भेटी नेपाली चलचित्रलाई कसरी अन्तरास्ट्रिय बजारमा लान सकिन्छ र त्यसका लागि के के निती अपनाउनु पर्छ भन्ने बारेमा पनि छलफल भयको थियो। नेपाल चलचित्र तथा सास्कृतिक प्रतिष्ठानले बिगत देखिनै नेपाली चलचित्रको स्तरोन्तीका लागि अन्तरास्ट्रिय चलचित्र महोत्सव (निफ) अनि कार्यशाल गर्दै आइरहेको छ।

प्रतिष्ठानका अध्यक्ष केपि पाठकले सुझाव पत्र बोर्ड अध्यक्ष दहाललाइ हस्तान्तरण गर्नु भयको थियो भने महासचिव राजु के.सीले सुझाव पत्र वाचन गर्नु भएको थियो। उक्त समारोहमा प्रतिष्ठानका कोषाध्यक्ष कमल शर्मा र सदस्य प्रमोद भण्डारी सहितको टोलि बोर्डमा उपस्थित थियो।