Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

नेता बोहराद्वारा झापा हल्दिबारीका अध्यक्ष लिङ्देनमाथीको आक्रमणप्रति भत्सर्ना,कारबाहीको माग

नेकपाका कार्यकर्ताद्वारा लिङ्देन लगाएतकालाई आक्रमण
Wednesday, June 24, 2020 National Power

काठमाडौ – राप्रपाका वरिष्ठ नेता दिपक बोहराले राप्रपाका युवा नेता तथा झापा हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनमाथी भएको आक्रमणको भत्सर्ना गरेका छन् ।

नेता बोहराले जनप्रतिनिधिहरूमाथी भएको आक्रमण अत्यन्तै निन्दनीय र भत्सर्ना योग्य भएको भन्दै कायरतापूर्ण आक्रमण गर्नेलाई पक्राउ गरी तत्काल कारबाहीको माग गरेका छन् ।

बोहराले अध्यक्ष लिङ्देन लगायत सम्पुर्ण घाईतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

गाउँपालिकाको सातौं गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रम वडाध्यक्षसहित परिषद सदस्यहरुले अध्ययन गरेपछि मात्रै पारित गर्नुपर्ने आवाज उठाएपछि गाउँपालिका अध्यक्ष तथा गाउँसभाका सभापति रविन्द्र लिङदेनले सोही अनुसार २०७७ असार २९ गते गाउँसभा सम्पन्न गर्ने भन्दा उनी लगायतको जनप्रतिनिधिहरुमाथि नेकपाका कार्यकर्ताद्वारा आक्रमण भएको थियो ।