Friday 29th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

सहिमा र बिक्रमको “मोयाले” सार्बजनिक (भिडियो सहित)

Sunday, June 21, 2020 National Power

काठमाडौ – लोकप्रिय गायिका सहिमा श्रेष्ठ तथा गायक बिक्रम रानाको नयाँ गित “मोयाले” को म्युजिक भिडियो सार्बजनिक भएको छ । नेपाली सांगीतिक क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल तथा एक पछि अर्को राम्रो राम्रो गितहरु नेपाली सांगीतिक बजारमा पस्केर सम्पुर्ण नेपाली गित संगीतको पारखिहरुको रोजाइमा पर्न सफल सुमधुर आवाजकी धनि सुन्दरी चर्चित गायिका सहिमा श्रेष्ठ र अर्का लोकप्रिय गायक बिक्रम रानाले फरक शैलीको गित “मोयाले” सांगीतिक बजारमा लिएर आएका छन् ।

संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको यस गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोलाई छायाँकार अर्जुन तिवारीले छायांकन गरेका हुन् भने निर्देशक शिब बिकले निर्देशन गरेका छन् । भिडियोमा आकाश श्रेष्ठ र आरुषी मगरलाई फिचर्ड गरिएको छ ।