Wednesday 30th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

अन्जु पन्तको ‘चोखो माया’ गीत’को भिडियो छिट्टै आउने

Friday, June 19, 2020 National Power

काठमाडौ – कोरोनका भाईरसको त्रासमा नेपालीहरु लक डाउनको अबस्थामा घर भित्रै छन् । यस्तो अबस्थामा पनि जोखिम मोलेर नयाँ गीत ‘चोखो माया’ रेकर्डं भएको छ । गीतकार इन्दिरा बोगटीको शब्दलाई सुमधुर स्वरकी धनि लोकप्रिय गायिका अन्जु पन्तको स्वरमा गीत रेकर्ड भएको हो । गीतमा चिरन्जीवी भण्डारीको संगीत तथा संजीव बराइलीको संगीत संयोजन रहेको छ ।

प्रेममा आधारित सेन्टीमेन्टल रहेको बताउँदै गायक संगीतकार चिरन्जीले शब्दहरु अत्यन्तै मन छुने भएकाले’नै अहिलेको अबस्थामा जोखिम मोलेर रेकर्ड गरीएको बताए ।


गीतलाई मेल भोकलमा गायक मोडल दीपेन्द्र सोनाम”ले गाएका छ्न‘- गीतकार इन्दिराले बताइन् । इन्दिराको शब्दमा केही दिन अगाडि मात्रै ए कान्छी गीत सार्वजनिक भएको थियो ।