Friday 14th March 2025

    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न    ‘आयो रे आयो हाप्पी होली’ को भिडियो सार्वजनिक    महिला चलचित्र महोत्सव, महिला सशक्तिकरण समितिको पहलमा समापन

नेपालसँग तत्काल वार्ता गर्नुको अर्थ नरहेको मोदीको निष्कर्ष

Wednesday, June 17, 2020 National Power

काठमाण्डाै – भारतले वर्षाैंदेखि कब्जा गरेको नेपाली भूमि नक्सामा समेटिएपछि नेपालले वार्ताबाटै समस्या समाधान खोजिरहेको बेला भारतले भने बेवास्ता गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको वार्ता तत्कालकाे लागि अस्वीकार गरेको खबर भारतीय समाचार माध्यम आजतकको अनलाइन संस्करणमा छापिएको छ ।

नेपालले आफ्नो भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर जारी गरेको नक्सालाई संविधान संशोधन गरेर निशान छाप परिमार्जन गरेपछि भारतले तत्काल नेपालसँग वार्ता गर्न अस्वीकार गरेको हो । चार दिनअघि भारतीय प्रधानमन्त्री निवासमा भएको क्याबिनेट कमिटी अन सेक्युरिटी (सीसीएस) बैठकमा मोदीले अहिलेको अवस्थामा सीमाका विषयमा नेपालसँग वार्ता गर्नुको अर्थ नभएको बताएका खबरमा उल्लेख छ ।

आजतकका अनुसार कोरोना महामारी नसकिँदासम्म मोदीले कुनै प्रकारको वार्ता गर्न चाहेका छैनन् । कोरोना महामारी सकिसकेपछि पनि त्यतिबेलाको अवस्थालाई विश्लेषण गर्दै वार्ता गर्ने या नगर्ने भन्नेबारे निर्णय लिने मोदीको निष्कर्ष छ । ‘भारतले कुटनीतिकस्तरमै नेपालसँगको सबै प्रकारका द्विपक्षीय मुद्दा सुल्झाउन चाहेको अवस्थामा पनि नेपालले भारतको अधिनमा रहेको भूभागलाई नयाँ नक्सामार्फत आफ्नो देशमा गाभेकाले आवश्यक परेको खण्डमा अब सैन्य कुटनीतिको भाषामा व्यवहार गर्ने सन्देश प्रष्ट रुपमा दिएको छ,’ मोदीको भनाइ उद्धृत गर्दै आजतक ले लेखेको छ ।

यस्तै मोदीले नेपालको मागअनुसार ईपीजी प्रतिवेदन पनि नबुझ्ने बताएको आजतकले जनाएको छ । दुवै देशका विज्ञले तयार पारेको प्रतिवेदन पहिले भारतका प्रधानमन्त्रीले बुझ्ने सहमति भए पनि मोदीले प्रतिवेदन बुझ्न अस्वीकार गर्दै आएका छन् ।