काठमाडौ – चित्रकार, संगीतकार एवम् प्राज्ञ ज्योति प्रकाशको नयाँ गीत ‘जंगे पिल्लर’ सार्वजनिक भएको छ । गीतका रचनाकार तथा सङ्गीतकार ज्योतिप्रकाश हुन् भने गीतमा स्वयम् ज्योतिप्रकाश, सरोज कोईराला, जिना रसाईली र मिना एन.पी.ले स्वर दिएका छन् ।
लकडाउनको समयमा सावधानीपुर्वक रेकर्ड गरिएको गीतमा राजु कार्कीको सङ्गीत संयोजन तथा सन्तोष पौडेलको मिक्सिङ / माष्टरिङ रहेको छ । गीतको भावअनुसार परिवेश प्रस्तुत गरिएको गीतको भिडियोमा गायक गायीकालाई पनि देख्न सकिन्छ ।