Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

लकडाउनको समयमा बनेपाको नयाँ बस्तीमा विकास निर्माणको काम निरन्तर 

Tuesday, June 16, 2020 National Power

अरबिन्द्र गौतम / काभ्रेपलान्चोक
काभ्रेपलान्चोक – बनेपा नयाँबस्ती वडा नं ९ स्थानीय निकायले लकडाउनको समयमा पनि विकास निर्माणका कामलाई प्राथमिकता दिएको छ । आर्थिक वर्ष २०७६/०७७ मा रकम विनियोजन भएका विकास निर्माणका काम धमाधम भइरहेका छन् ।

जिल्लामा ६ नगरपालिका र ७ गाउँपालिका छन् । उनीहरुले लकडाउनको समयमा पनि सामाजिक दूरी कायम राख्दै विकास निर्माणका कामलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेका छन् ।

विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोभिड–१९ विरुद्ध नेपाल सरकारले गत चैत ११ गते घोषणा गरेको लकडाउन जारी रहेको छ । जिल्लामा विकास निर्माण कार्यलाई लकडाउनले खासै प्रभाव पार्न सकेको छैन ।

बन्दाबन्दीका कारण काम गर्न केही समस्या भएको भए पनि नगरमा र वडामा ठेक्का प्रक्रियामार्फत गरिने काम निरन्तर भइरहेका छन् ।

लकडाउन जारी रहेको भए पनि नगरभित्रका विकासका काम निरन्तर हुँदा केही बेरोजगार तथा मजदुरलाई आफ्नो दैनिकी चलाउन सहज भइरहेको छ । बनेपा नगरपालिका वडा नं ९ मा पनि ग्वाध मार्ग भगवती सुवेदिको घर देखि पानी ट्याङ्की सम्म पिच आयोजना धमाधम भैरहेको छ ।

आर्थिक वर्ष २०७६/०७७ मा रकम विनियोजन गरिएको थियो । भगवती सुवेदिको घर देखि पानी ट्याङ्की सम्म करिब १७० मिटर सडक कालोपत्रे गरिएको छ । बनेपा नगरपालिका मार्फत १०,००,००० रकम पिचको लागी आएको थियो भने उपभोक्ता मार्फत २,४२, ०३८ प्राप्त भएको थियो । अहिले धमाधम कालोपत्रे भैरहेको छ ।

ग्वाध मार्ग भगवती सुवेदिको घर देखि पानी ट्याङ्की सम्म पिच आयोजना २०७७/०१/२५ गते सम्म हुनु पर्ने थियो तर कोरोना भाइरसका कारण विश्व नै महामारीले आक्रान्त भएर लकडाउन अवस्थामा भएको कारणले समस्या परेको हुनेले अहिले लकडाउन अलि खुकुलो भए पछि निरन्तर काम भैरहेको हो ।

पानी ट्याङ्की देखी माथी ढलानको लागि वडा स्तर बाट ७ लाख पचास हजार परेको थियो भने नगर बाट ३० मिटर ढलानको लागि बजेट परेको थियो । वडा ९ का सदस्य नेत्र प्रसार अधिकारीका अनुसार ` जनसहभागिता बाट करिब २५% भन्दा बढि उठेको छ तर औपचारिक रूपमा १८% रहेको थियो जनताले उत्साह पुर्व पैसा धेरै हाल्नु भएको छ त्यहीँ भएर पिच बाक्लो पारिएको छ ´।

ग्वाध मार्ग भगवती सुवेदिको घर देखि पानी ट्याङ्की सम्म पिच र पानी ट्याङ्की देखि ३० मिटर ढलानको लागी नगर बाट र त्यो भन्दा पनि माथीको लागि ७ लाख पचास हजार परेको थियो । वडा स्तरीय र नगर स्तरीय बाट साढे २० लाख प्राप्त भएको रकम हो ।

यसमा ६ लाख भन्दा पनि बढि रकम उपभोक्ताले जम्मा गर्नु भएको छ । काम चाहिँ लगभग ३२, ३३ लाखको काम हुदै गरेको वडा सदस्य नेत्र प्रसार अधिकारीले जानकारी दिनु भयो ।

बनेपा नगरपालिका वडा नं ९ ले विकास निर्माण काम लाई तिब्रता दिएको भए पनि ग्वाँध्य मार्ग मन्दिर बाट सुमेरु स्थल जाने सडक नखुलाउदा बनेपा नगरपालिका र वडा नं ९ प्रति स्थानीयले निकै दुख व्यक्त गरेका छ्न । बारम्बार स्थानीय तह लाई स्थानीय जनताले सडक खुलाउन निवेदन गरे पनि अहिलेसम्म कुनै चासो नदिएको स्थानीयहरुले नव क्षितिज साप्ताहिक लाई जानकारी दिए ।