Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

सरकारले कोरोना रोकथाममा गरेको खर्चको एक पन्ने विवरण सार्बजनिक

Saturday, June 13, 2020 National Power

काठमाडौ – कोरोना महामारीको नियन्त्रणमा सरकारको कदम प्रभावकारी नभएको भन्दै व्यापक जनआक्रोश र प्रदर्शन भइरहँदा सरकारले अहिलेसम्मको खर्चको एकपन्ने विवरण सार्वजनिक गरेको छ ।

शुक्रबार कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले निर्णय गरेसँगै शनिबार सो विवरण सार्वजनिक गरेको हो । सो विवरण अनुसार हालसम्म संघ, प्रदेश र स्थानीय तहबाट कुल ८ अर्ब ३९ करोड ११ लाख ९९ हजार रुपैंया खर्च भएको छ ।

संघीय सरकारको तर्फबाट हालसम्म ४ अर्ब १० करोड ५५ लाख ६ हजार रुपैंया खर्च भएको जनाइएको छ । सो खर्चमध्ये स्वास्थय तथा जनसंख्या मन्त्रालयले १ अर्ब ५८ करोड ५२ लाख ८३ हजार, रक्षा मन्त्रालयले २ अर्ब ४० करोड २४ लाख ५७ हजार, गृह मन्त्रालयले २ करोड ४५ लाख ८८ हजार, शहरी विकास मन्त्रालयले १ करोड ४२ लाख तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २ करोड ६९ लाख ७८ हजार रुपैंया खर्च गरेको जनाएको छ ।

त्यस्तै, प्रदेश सरकारहरुले १ अर्ब ३० करोड ४० लाख ९९ हजार तथा स्थानीय तहले २ अर्ब ९८ करोड ५१ लाख ४९ हजार रुपैंया खर्च गरेको विवरणमा उल्लेख गरिएको छ ।

हालसम्म खर्च भएको उक्त रकममध्ये संघीय कोषबाट ५ अर्ब ६२ करोड ९२ लाख ४० हजार रुपैंया निकाशा गरिएको जनाइएको छ ।

जसमध्ये औषधी र स्वस्थ्य सामाग्रीमा ३ अर्ब ९० करोड ८८ लाख, स्वास्थ्य पूर्पाधारमा १ अर्ब १२ करोड ५० लाख, जनशक्ति परिचालनमा ५ करोड ८३ लाख ३३ हजार, क्वारिेीटनमा १३ करोड ५५ लाख ९८ हजार तथा अन्य खर्चमा ४० करोड १५ लाख ९ हजार रुपैंया खर्च गरेको जनाइएको छ ।

source #ratopati#