Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

मिना, सन्तोष र प्रकाशको शिरफुलको भिडियो सार्बजनिक

Thursday, June 11, 2020 National Power

काठमाडौ – गायिका मिना कार्कीको स्वर र लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा तयार गरिएको आधुनिक गीति एल्बम “सदिक्षा” कोरोना महामारीले औपचारिक कार्यक्रम मार्फत सार्वजनिक हुन सकेको छैन । सहज वातावरणमा सदिक्षा एल्बम एक औपचारिक कार्यक्रम बीच सार्वजनिक गरिनेछ ।

पछिल्लो समय मानिस धेरै निराशा र वियोगमा बाँचिरहेको बेला एउटा संयोगान्त भावको गीत शिरमा फूल … बोलको प्रेम गीतको अडियो भिडियो सार्वजनिक गरिएको छ । गीतकार प्रकाश के.सी.को शब्द, सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र गायिका मिना कार्कीको स्वर रहेकोे छ । देवेन्द्र नेवा:को एरेन्ज, किशोर थापाको मिक्सिङ/मास्टरिङमा गीतको अडियो तयार गरिएको छ ।

म्युजिक भिडियोमा समीक्षा पोख्रेल र कैलाश कठायतको अभिनय रहेको छ । उत्सव दाहालको छायाङ्कन, टेकेन्द्र शाहको सम्पादन र सन्तोष राजबहाकको निर्देशन रहेको छ । एभरेष्ट ग्यालरीको युटुव च्यानलबाट भिडियो सार्वजनिक गरिएको छ ।