Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

आजबाट लकडाउन झन् कडा- काठमाडौ ट्राफिक प्रहरी प्रमुख (भिडियोसहित)

Tuesday, June 9, 2020 National Power

काठमाडौ – सरकारले आजबाट लकडाउन झन् कडा गरेको छ । सडकमा यातायात बढी चलेर जाम हुनथालेपछि लकडाउनमा कडाई गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीम प्रसाद ढकालले आजबाट लकडाउन कडा गरिएको बताएका छन् । उनले युनिटहरुलाई कडाईका साथ कदम चाल्न निर्देशन दिइसकेको बताए ।

‘आजबाट लकडाउन झन् कडा भइसकेको छ,’ एसएसपी ढकालले भने, ‘लकडाउन झन् कडा हुन्छ, सम्पूर्ण युनिटलाई निर्देशन दिइसकेकोको छु ।’

७७ दिन लकडाउन हुँदा उतारचढाव भएको र दैनिक सेवा दिने सवारी साधन चलेको बताए । त्यसबाहेकका सवारी साधनलाई दैनिक कारबाही गरिएको बताए ।

पास लिएका र अत्यावश्यक सेवा दिने सवारी चल्न दिइएको जानकारी दिए । नागरिकलाई स्वास्थ्य, खाद्यान्न, पानीलगायत ४२ वटा सेवा सम्बन्धी सवारी सञ्चालन गर्न छुट भएको बताए । अत्यावश्यक वस्तु पुर्याउन मात्र सवारी चल्न दिइएको उनको भनाई थियो ।

उनले भने, ‘अनावश्यक गुडेका सवारी नियन्त्रणमा लिएका छौं, उल्लंघन गर्ने दैनिक २ हजार जति गाडी उपत्यकामा नियन्त्रणमा लिएको तथ्यांक छ ।’ ढकालले अत्यावश्यक बाहेक सवारी नगुडाउन आग्रह गरे । गुडेका गाडीहरु सबै सुरक्षाको निगरानीमा रहेको बताए । कोरोना भाइरसको रोकथामका लागि लकडाउन कडाई गरिएको उनको भनाई थियो  ।

source #Raporters Nepal #