काठमाडौ – रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।
रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामुहिक हत्याकाण्डमा ज्यान गुमाउने ५ जनाको परिचय खुलेको छ।
मारिनेमा १ महिला र ४ पुरूष रहेका छन्। उनीहरूको नाम खुलेपनि ठेगाना भने नखुलेको जनाईएको छ।
घटनामा मारिनेमा माधव मुसहर, जानकी मुसहर, पोसराज मुसहर, करूण चौधरी र आशिष चौधरी रहेका छन्। कान्छीबजारको मैनहवा स्थित स्थानीय कृष्ण पुनको भैंसीफर्ममा उनीहरूको हत्या भएको हो।
प्रहरी घटनास्थल पुगिसकेको छ भने मुचुल्का उठाउने काम भइरहेको छ। एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ र ती नियन्त्रणमा लिईएका ब्यक्ति लागुऔषध दुर्ब्यसनी भएको प्रहरीले बताएको छ ।