Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

लकडाउन खुकुलो गरिएका केही मुलुकमा कोरोना संक्रमित पुनः बढ्न थाल्यो – डब्लुएचओ

Saturday, June 6, 2020 National Power

एजेन्सी – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार लकडाउन खोल्न सुरू गरिएका केही मुलुकमा कोरोना संक्रमित पुनः बढ्न थालेको जनाएको छ।

संक्रमण बढ्न थालेकाले उसले मानिसहरूलाई आफ्नो सुरक्षामा आफै ध्यान दिन भनेको छ। यसैगरी डब्लुएचओले सरकारहरूले कोरोना परीक्षण जारी राख्नुपर्ने पनि बताएको छ।

संगठनकी प्रवक्ता मार्गरेट ह्यारिसले हाल मध्य, दक्षिण र उत्तर अमेरिका भाइरसको केन्द्रबिन्दु भएको बताएकी छन्।

“हो, हामीले विश्वका केही मुलुकमा कोरोना बढिरहेको पाएका छौं। म युरोपको बारेमा मात्र भनिरहेको छैन। जब लकडाउन र सामाजिक दुरी खुकुलो हुन्छ तब मानिसहरूले यसलाई यो सकियो भनेर व्याख्या गर्नेछन्जे” जेनेभाको संयूक्त राष्ट्रसंघलाई व्रिफिङ गर्दै उनले भनिन्।

‘यो सकिएको छैन। संसारबाट भाइरस निर्मूल नभएसम्म यो सकिएको ठान्नु हुँदैन’, उनले थपिन्। उनले अमेरिकामा १० दिन देखि जर्ज फ्लोइडको हत्याको विरोधमा जारी प्रदर्शनलाई संकेत गर्दै प्रदर्शनकारीले सावधानी अपनाउनु पर्ने बताएकी छन्।

‘हामीले यो साता धेरै धैर्यता देख्यौं, हामीले मानिसहरूमा बाहिर निस्कनुपर्छ र आफ्नो भावना व्यक्त गर्नुपर्छ भन्ने देख्यौं’, उनले भनिन्, ‘हामी उनीहरूलाई आफू र अरूलाई जोगाउनु पर्छ भन्न चाहन्छौं।’

संक्रमण हुनबाट जोगिन डब्लुएचओले एक मिटरको दुरी कायम गर्न र पटकपटक हात धुन तथा हातले मुख, नाक र आँखा छुनबाट जोगिनुपर्ने सुझाव दिएको छ।

श्रोत – सेतोपाटी