Monday 28th April 2025

    ईसान अस्पतालद्वारा विशेष छुटसहितको सेवा कार्यक्रम, फावन, पिम नेपालसहित चार संस्थासँग सम्झौता    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक

इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग/ डान्सिङ स्टार २०२० को आयोजना हुँदै

Saturday, June 6, 2020 National Power

काठमाडौ – इनास बिश्वब्यापी अनलाइन गायन तथा नृत्य प्रतियोगीतामा भिडियो आउनेक्रम जारी रहेको छ । मे २७ मा बसेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको बैठकले सहभागी हुने समयसिमा जुन १५ सम्म र पुरस्कारको राशी पनि बढाउने निर्णय गरेको थियो । यो निर्णय पछि विस्वभर बाट सोधिखोजी बढेको र प्रतियोगि भिडियोहरु आउने क्रम बढेको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका एसिया संयोजक गीतकार लोकराज अधिकारीले जानकारी दिनुभयो । आजका मिति सम्म अमेरिका महादेश बाहेक सबै महादेश बाट प्रतियोगी सहभागी भैरहेका छन ।

प्रतियोगीले प्रतिष्पर्धाका लागि युरोप महादेशबाट inaseurop@gmail.com ,मा एसिया महादेशबाट inasasia2020@gmail.com, अमेरिका महादेशबाट info.inasusa@gmail.com, ओसेनिया क्षेत्रबाट inasoceania@gmail.com, अफ्रिका महादेशबाट iartistsociety@gmail.com र कुवेतबाट Inaskuwait8@gmail.com तथा आधिकारिक पदाधिकारीको व्हाटस एप र भाइबरमा पनि भिडियो पठाइरहेको संयोजक अधिकारीले जानकारी दिनु भयो । प्रतियोगिहरुले इनासको वेब साइट www.inas.global मार्फत पनि सहगागी हुन सक्ने ब्यबस्था गरिएको छ ।
प्रतियोगितामा प्रथम हुने कलाकारलाई एक बर्ष कार्यकाल रहने गरि इनासको अवैतनिक सदभावना दूत (INAS Global Goodwill Ambassador) नियुक्त गरिनुका साथै “इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग/ डान्सिङ स्टार २०२०” को उपाधि सहित रु. ५१,०००। नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने प्रतियोगीलाई “इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग / डान्सिङ स्टार, २०२० फस्ट रनर अप” र “इनास ग्लोबल अनलाइन सिङ्गिङ्ग/ डान्सिङ स्टार २०२० सेकेण्ड रनर अप” को उपाधि सहित क्रमश: रु. २५,०००। रु. १५,०००। नगद , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । साथै टाइटल विजेतालाई इनास आफैले आयोजना गर्ने वा अन्य राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरुमा प्रस्तुतिको लागि अवसर प्रदान गरिनेछ ।

त्यसैगरी चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनयको लागि अवसर प्रदान गर्ने सम्बन्धमा आवश्यक पहल गरिने इनासले जनाएको छ । प्रतियोगितामा १३ बर्ष माथी को उमेरका सबैले भाग लिन पाउने इनासले जानकारि दिएको छ । इनास को यो प्रतियोगिता अबधिभरको सम्पुर्ण गतिबिधी नेसनल पावर न्युज मार्फत हेर्न सुन्न र पढन सकिने इनास नेपालका सदस्य एबम नेशनल पावर न्युजका प्रबन्ध निर्देशक माधब खरेलले जानकारी दिनु भयो ।