Wednesday 17th April 2024

    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी    ५७ जना अनाथ बालबालिकाहरूको सहयोगार्थ गोकर्णमा श्रीमद्भागवत सप्ताह हुँदै    माईती संग मेरो भिडियो कार्यक्रम सार्वजनिक, विजेतालाई १० हजार पुरस्कार    सारा खवर डटकमले प्रकाशन गरेको बि.सं. २०८१ को भित्तेपात्रो सार्वजनिक

नेतृत्वको कुशल सुझबुझ आवश्यक छ यतिबेला : डा. डिआर उपाध्याय

Friday, June 5, 2020 National Power

                  लेखक – डा. डिआर उपाध्याय

लेखक – डा. डिआर उपाध्याय

नेपालमा नागरिकताको बहस भइरहेको हुन्छ । राष्ट्रियतासँग नागरिकताको प्रगाढ सम्बन्ध रहेको हुन्छ । हरेक देशमा नागरिकता प्राप्त गर्ने विभिन्न आधार हुन्छन् । हामीकहाँ पनि त्यस्ता आधारहरु रुहेका छन् । नागरिकता प्राप्तिको पहिलो आधार- वंशज हो जसलाई रगतको अधिकार भनिन्छ । त्यस्तै दोस्रो, अङ्गीकृत अर्थात् (नेचरलाइजेसन)हो ।

अङ्गीकृतका आधारमा खासगरी विदेशी व्यक्तिहरूलाई कानुनमा व्यवस्था भएबमोजिम रितपूर्वक नागरिकता दिने गरिन्छ । नेपालमा विदेशी व्यक्तिहरूमध्येले निश्चित अवधिदेखि बसोबास गरिरहेको र नेपाली नागरिकता लिन आवेदन गरेको, विदेशी मूलका व्यक्ति र विवाहित विदेशी महिला वा पुरुषलाई कानुनमा व्यवस्था भएबमोजिम अङ्गीकृत नागरिकतादिने व्यवस्थाछ ।

अङ्गीकृत नागरिकता राज्यको निरपेक्ष आन्तरिक विषय भएकाले यो व्यक्तिको अधिकार वा सुविधाभन्दा पनि राज्यको अधिकार हो । विदेशी नागरिकलाई नागरिकता प्रदान गर्ने कुरा देशको हित र इच्छाको विषय हो । यो विदेशी व्यक्तिको अधिकारको विषय होइन । अङ्गीकृत नागरिकलाई राजनीतिक अधिकारको विषय हामीकहाँ समय समयमा जोडतोडले उठाएको पाइन्छ । मलाई के लाग्छ भने अङ्गीकृत नागरिकलाई राजनीतिक अधिकार दिनु मधेश र देशको हितमा छैन ।

नेपाली राजनीतिमा बिदेशी ‘एसेट’को चलखेल यति व्यापक छ कि ठिक/बेठिक छुट्याउन पनि कठिन भएको छ । बीआरआई, संबिधान संसोधन, धर्मनिरपेक्षता, सङ्घीयता, गणतन्त्र जस्ता विषयमा उठेका प्रश्न यसका ज्वलन्त उदाहरण हुन् । कार्यकर्ता भन्दा माथि उठेर स्वाभिमानी नागरिककोरुपमा नसोच्ने हो भने भविष्य अझै कहालीलाग्दो देखिन्छ ।

विश्व यतिवेला कोरोना कहरमा छ । हामीकहाँ पनि यसको कहर बढ्दो छ । दिनानुदिन कोरोना भाइरस (कोभिड-१९)का सङ्क्रमित र मृत्युहुनेको सङ्ख्या बढ्दो छ । यसको नियन्त्रण र रोकथामका लागि भन्दै नेपाल सरकारले गरेको लकडाउनको आज ७४औं दिनमा छौ हामी । तर, यसको प्रभाव बढदो छ । कोरोनाको पीडा त छ तै छ सँगै अन्य रोग र भोक को आक्रान्तमा छन् यतिवेला धेरै नेपाली नागरिक ।

देशमा सङ्घीय शासन त छ तर पछिल्ला गतिविधि हेर्दा सङ्घीय शासनको औचित्य माथि नै प्रश्न उठन थालेको छ ।हामी समस्या नै समस्याका जंजालमा रहेका छौ । नेतृत्वको कुशल सुझबुझ आवश्यक छ यतिबेला ।

लेखक : डा.डिआर उपाध्याय