Thursday 17th June 2021

    कर्णालीका १० वटै जिल्ला अस्पतालका लागि प्रारम्भ र फाउण्डेशनको सहयोग    रत्न कुश रंजित र नवराज मानन्धरले गरे सालम चर्जलाई खाद्यान्न सहयोग    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले गर्यो राहत वितरण

बनेपामा ३ वटा चार पाङ्ग्रे र ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन कार्वाहीमा

Wednesday, June 3, 2020 National Power


बनेपा – सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउन जेठ ३२ गते सम्मका लम्ब्याइसकेको छ पटक-पटक थपिँदै गएको लकडाउनको अन्त्य कहिले हुने निश्चित छैन।

सरकारले लकडाउन थप्दै गएपछि भने सर्वसाधारणले भने अवज्ञा गर्न थालेका छन्। लकडाउन खुवाउनेबारे सरकारको स्पष्ट नीति नहुँदा सर्वसाधारणले लकडाउन अवज्ञा गर्दै हिँडेका हुन्।लकडाउनको ७२ औं दिन बितिसक्दा पनि सरकारले ठोस कदम चाल्न सकेको छैन।

त्यही भएर लकडाउनको अवज्ञा गर्दै बाहिर निस्कनेको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ। हिजो बनेपामा मंगलबार १ सय एक सवारी साधन कार्वाही गरिएको थियो भने आज बुधबार २ बजे सम्म ५९ सवारीसाधन लाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यलय बनेेेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले बताए ।

उनका अनुसार यो संख्या बेलुका सम्म अझै बढन पनि सक्छ उनले भने नियन्त्रणमा लिएका ३ वटा चार पाङ्ग्रे र ५६ वटा दुई पाङ्ग्रे सवारीसाधन लाई कार्वाही गरि र अब आइन्दा लकडाउन उल्लंघन नगर्ने सर्तमा बेलुका मात्र छोडिने जानकारी दिए ।