मन्त्री ज्यु , अभिवादन !
कोविड -१९ ले देश जुझी रहेको बेला मर्यादित महिनावारी देश घोषणा गर्नु लाग्नु भएको छ यो राम्रो र सकारात्मक कुरा हो तपाईंलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको रुपमा पाउँदा धेरै खुशी छौ मन धेरै हर्षित छ ।
भर्खरै सुने नेपाल हाम्रो देशलाई “मर्यादित महिनावारी देश “घोषणा गर्ने तयारी हुँदै छ । यो त सहि हो मन्त्री ज्यु तर के हामी सबै यसको लागि तयार छौ त ? यो पनि त बुझ्न जरुरी छ होला । पहिला बुझ्नु पर्छ हामीले महिनावारी के हो र यसलाई कसरी बुझ्नु भएको छ ?
हाम्रो दिदिबहिनी , आमाहरु अवस्था बुझ्नुहोस। मन्त्री ज्यु, मर्यादित महिनावारी देश घोषणा गर्नु लाग्नु भएको छ यो ठूलो कुरा हैन पहिला बुझ्नु होस महिनावारी के हो ? यो समस्याबाट कसरी जुझ्नु भएको छ हाम्रो दिदिबहिनी , आमाहरु उहाँहरुको अवस्था बुझ्नुहोस। तपाई जन्मेको ठाउँ दोलखा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको जिम्मेवारी थपिए पछि कति पटक आउनु भयो गृह जिल्ला ? कति पटक बैठक बस्नु भयो ? महिला,बालबालिका तथा जेष्ठ नागरिक सङ् सम्बन्धित संघ, संस्था तथा फोरमहरु सङ के कुरा उठाउनु भयो के -के समस्याहरु देखियो मन्त्री ज्यु ?
“समस्या जडमा हुन्छ टुप्पोमा हैन” हामी गरौवमय महसुस गरेका छौ तपाईलाई महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको रूपमा देख्न पाउँदा तर कहिले बुझ्नु हुन्छ महिलाहरुको समस्या कहिले महिलाहरुलाई मानिसको रूपमा देख्नु हुन्छ कहिले महिलाहरुलाई परिपक्वता देख्नु हुन्छ कहिले महिलाहरुको क्षमताको कदर हुन्छ ?
मन्त्री ज्यु ! हामी तपाईकै जिल्ला वासी कहिले सोध्नु भएन कि दोलखाको महिलाहरुको अवस्था के छ भनेर ? भेट हुन्छ तर तपाईं मात्र केही ब्यक्ति युवाहरु भेटियो योग्य युवा महिलाहरु जो केही गर्न चाहनु हुन्छ उहाँहरुको लागि के सोच्नु भएको छ जो आफ्नो देश छोडेर बिदेश जान चाहनु हुन्छ मात्र रोजगारीको कारण के एक महिलाले रोजगार पाउनु के गर्नु पर्छ कति चाकरी गर्नु पर्छ महिलाहरुको अवस्था के छ तपाई प्रष्ट हुनु हुन्छ यो अवस्थामा मर्यादित महिनावारी देश घोषणा गर्दा पक्कै राम्रो हैन हावामा हैन हामी जमीन हिंड्नुपर्छ मन्त्री ज्यु म आफै उदाहरण छु सुत्केरी विदा नमिले वापतनै मैले शिक्षण पेशा बाट अवकाश लिएको थिए कारण के होला त ?
मेरो परिवार जन आफन्त राजनीति बाट टाढा सोझो, मध्यम वर्गीय परिवार यहाँको पाइला पाइलामा हुने घिनौना खेल बाट अन्जान परिवार के म जस्तो महिलाले रोजगार पाउनु हुदैन मन्त्री ज्यु, म जस्तो दिदीबहिनी कति हुनु हुन्छन होला, उहाँहरुको आवाज कतै पुग्नु दिनु हुन्छ हजुर हरु जस्तै ठूलो मानिस समाचार त हजुरहरुको इशारामा बुझ्ने गर्द्छ अनि महिलाहरु यो अवस्था छ यस्तै यस्तै महिलाहरु धेरै हुनुहुन्छ जसको आवाज बाहिर आउदैन र तपाईं बीच पुग्दैन मान्त्री ज्यु के हो त आखिर मर्यादित महिनावारी ?
महिनावारीको बेलामा १२ वर्ष पुगि सकेको महिलाहरुमा प्रत्येक महिना रजस्वला हुने गर्द्छ रजस्वला भनेको एउटा वरदान हो एउटा पवित्र फूल हो जसको उत्पत्ती हामी हौ सम्पुर्ण मानवजाती हो र रजस्वलाको बेला प्रजनन अङ्गहरु बाट डिम्बहरुको उत्पादन हुने गर्द्छ, अन्डा उत्पादन हुने गर्द्छ त्यति बेला महिला दिदिबहिनीहरु लाई चाहिने पौष्टिक आहारको जानकारी त टाढै जाओस बिचारा थाह पनि छैन कि हाम्रो योनी, पाठेघर कति महत्त्वपूर्ण अङ्ग हो र यो अङ्गको सरसफाइ , देखभाल कसरी गर्ने यसको कुरा वर्गीय हिसाबमा गर्दा :-
क. दुर दराजमा रहनु भएको दिदिबहिनीहरु जो महिनावारी हुँदा बार्नु हुन्छ भान्सा कोठा पस्नु हुन्न तर दिन भरी घाँस, दाउरा, मलको भारी बोक्नु हुन्छ तर खाने बेला बाहिर ढोकामा बसेर हातमा थाल लिएर बाहिरै बाट खान लिनु हुन्छ र ओछ्यानमा सुत्नु हुन्न भनेर भुइँमा सुतेको मैले स्वयं देखेको छु यो बाहुन, खस, क्षेत्री परिवारमा पाइएको छ ।
ख. यो मध्य वर्गीय महिलाहरु जो २४ घन्टामा १८ सम्म काम गर्नु हुन्छ उहाँहरुले न त भान्सा बार्नु हुन्छ न त सुत्ने कोठा तर उहाँहरुको दैनिकी यति व्यस्त हुन्छ कि महसुस गर्न पनि पाउनु हुन्न कि मलाई रजस्वला भएको छ गाडी, मोटरसाइकल चढनु हुन्छ कार्यलयको काममा पुरुष सङ सङै घन्टौं हिडिन्छ अनि बेलुकी घर पुग्दा थकित भएर पुगेको हुन्छ फेरि अर्को जिम्मेवारी थपिएको हुन्छ त्यहाँ पनि आफैले पकाएर, खुवाएर भान्सा सर सफाइ गरेर मात्र आरामको लागि जानू हुन्छ।
ग. यो वर्गको दिदीबहिनीहरु शिक्षित र धनाढय परिवारमा रहनु हुन्छ घर परिवारको हेरचाह गर्न तत्पर देखिन्छ तर रजस्वला भए पछि बाहिर कोठामा आएर सुत्नु हुन्छ र भन्नु हुन्छ मलाई छुइ भइछ यो त्यही राजनैतिक वर्गको परिवारमा पाइएको छ जो स्टेजमा उभिएर भन्नू हुन्छ कि महिला पुरुष समान हुन एक रथका दुई पाङ्ग्रा हुन त्यही घरमा बडी पिरोलिएको पाइएको छ ।
अब यो हालात छ दिदीबहिनीहरुको ती दिन भरी मलको भारी बोक्ने दिदीबहिनीहरुलाई थाह छ त ? रजस्वलाको बेला धेरै गरुङो भारी बोक्नु हुन्न यसले पछि पाठेघरमा असर पार्द्छ भनेर उहाँहरुलाई के थाह यौन शिक्षा के हो भनेर केहि थाह छैन मात्र दैनिकी चलाउन पाए हुन्थियो भन्ने सोच बोकेको हुनुहुन्छ ।
अनि हामी जस्तो मध्यम वर्गीय दिदिबहिनीहरुको लागि के व्यवस्था गर्ने त मन्त्री ज्यु ? सबैखाले वर्गमा आफ्नो आफ्नो खालको समस्याले पिरोलि रहेको छ अझै पनि दूरदराज र गाउँ गाउँ रजस्वला बारे थाह छैन “त्यही भएर हतार हैन विस्तारै गरौ तर जहाँ समस्या छ त्यहीँ पुगौ” यौन, प्रजनन शिक्षा अति आवश्यक छ यो महिलालाई मात्र हैन महिला – पुरुष दुबैलाई अति आवश्यक देखिन्छ ।
मन्त्री ज्यु ! मेरो विनम्र आग्रह सुनी दिनुहोस त्यो आवाज जसले तपाईको जिम्मेवारीलाई गुहारी रहेको छ अब कागजमा हैन हामी १००% परिणाम देख्न चाहन्छौ मन्त्री ज्यु ,कतै यस्तै न होस दोलखा खुल्ला दिशा मुक्त क्षेत्र त घोषण गरियो तर दिशा पिसाब लाग्यो भने होटेल र रेस्टुरेन्टमा २००,३०० तिरेर खाने अनि मात्र दिशा पिसाब फेर्न पाइन्छ यो त हिमाल, तराई जोडेको हाइवे होनि मन्त्री ज्यु यस्तै नहोस मन्त्री ज्यु तपाई हाम्रो आफ्नै जिल्लाको युवानेता कहिलिने उत्कृष्ट मत परिणाम बाट विजय हुनु भएको मन्त्री ज्यु सोचेर मात्र निर्णय गर्नु होस हामी विश्वस्त छौ तपाईंले गाउँ गाउँ, घर घरमा नयाँ अभियान चलाउनु हुन्छ र हामी नेपाली सबैलाई यौन शिक्षा , प्रजनन शिक्षा र रजस्वला शिक्षाको बारेमा जानकारी गराउनु हुन्छ ।
मन्त्री ज्यु ! म बाध्य भए लेख्न जब रेडियोले मलाई मेरो आवाज माग्यो नि म झसङ्ग भए म कस्तो देशमा जन्मे छु जहाँ सधै कागजातमा रमाउने भए । “मैले त एक दशक लाग्छ मर्यादित महिनावारी देश घोषणा गर्न” यहि भनेकी छु मन्त्री ज्यु हामी सम्पुर्ण नेपाली दिदीबहिनीहरुको अपील सुनियोस यहि चाहन्छौ तपाई त आफ्नै जिल्लाकि चेलीको आवाज सुनिदिनुहोस मन्त्री ज्यु ! तपाई युवा नेता तपाई प्रती जिल्लावासी महिला दिदिबहिनीहरुको आश नेपाल भरीको यो जिम्मेवारी हाम्रो आशाको किरण बन्नु भएको छ मन्त्री ज्यु, मेरो फेरि पनि आग्रह साथै विनम्र अनुरोध छ हाम्रो आवाजलाई सुन्नु भएन भने दबाउने काम पनि नगरियोस्
मन्त्री ज्यु ..!!!
लेखक : तारा तामाङ (दोलखा )
लेखक: तारा तामाङ
अध्यक्ष – महिला मानवअधिकार रक्षकको जिल्ला संजाल दोलखा तथा नेकपा नेत्री दोलखा