Monday 13th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

जाकाराण्डाको बैँस

Sunday, May 31, 2020 National Power

०००
वसन्तको चुम्बनले उन्माद भई
समरमा जिउने शर्तमा
उदासीको रङ्गले पोतिएको यो शहरबिच
थोरै मादकता र उत्साहित भई फक्रीरहेछ मेरो बैंस ।।
०००
मेरो सौन्दर्यको यो उत्कर्ष देखेर
उदास काठमाडौ पनि फिस्स नहाँसिरहन सकेन
र आज जमिरहेछु, जमाइरहेछु
रमिरहेछु, रमाइरहेछु यी लुकेका मानिससंगै ।।
०००
सबैलाई बन्द कोठाको थुन्दै
आज म
मुस्कुराईरहेछु,थोरै निहुरिरहेछु, र छरिएर
त्यो कालोपत्रेको सुगन्धित केश बनी ।।
०००
र अझै पनि
धुलिएको झुत्रीएको थोत्रीएको यो सहर
तिमिलाइ कामुक बनाउने म जाकाराण्डा
चोली फरियामा पुष्पित मजेत्रो ओढाउन म जाकाराण्डा ।।
०००
तर शंका छ मलाई
आजको मोह मन पराउने प्रीयजनहरु
भोलि मलाई बैंस बोकेर फुल्न दिने छ्न या छैनन्
०००
म फुल्नेछु सदा वसन्तमै
तर सहर सुस्ताएको दिन अनि
प्रीय काठमाडौ तिमी अस्ताएको दिन ।।
‍‍‍‌*****
सागर घिमिरे
बनेपा, काभ्रेपलान्चोक
लामो समयपछिको सिर्जना हेरेर प्रतिक्रिया दिनुहोला ।।