Friday 18th June 2021

    कर्णालीका १० वटै जिल्ला अस्पतालका लागि प्रारम्भ र फाउण्डेशनको सहयोग    रत्न कुश रंजित र नवराज मानन्धरले गरे सालम चर्जलाई खाद्यान्न सहयोग    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले गर्यो राहत वितरण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयार

Sunday, May 31, 2020 National Power


काठमाडौ – धावनमार्ग निर्माणका काम सम्पन्न भएसंगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ ।

कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो । लामो समयदेखि विभिन्न कारणले धावनमार्ग निर्माणको काम सुचारु हुन नसकेपनि उडानहरु प्रतिबन्ध भएपछि कामले तिव्रता पाएको हो ।

विमानस्थलको दक्षिणतर्फ ३ सय मिटरको धावनमार्ग निर्माण गरिएको छ । धावनमार्ग विस्तारपछि सञ्चालनको तयारी तिव्र पारिएको छ ।

कोरोना महामारीले विश्व प्रभावित भइरहेको बेला सामाजिक दुरी कायम गर्दै विमानस्थल सञ्चालनको तयारी भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।

विभिन्न देशमा अलपत्र नागरिकहरुलाई स्वदेश ल्याउन तयारी भइरहेको उनले बताए । सरकारले सञ्चालनको सूचना जारी नगर्दासम्म सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सञ्चालनको तयारी भइरहेको उनले बताए । विमानस्थलमा सामाजिक दुरी कायम गरी स्यानिटाइर र मास्क प्रयोग अनिवार्य गरिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले लामो समयदेखि धावन मार्ग विस्तारका लागि पट पटक दबाव दिँदै आएको थियो । तर विमानस्थल बन्द गरेर काम गर्न सक्ने अवस्था नभएपछि निर्माण हुन सकेको थिएन् ।

पछिल्लो समय लक डाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानहरु बन्द भएपछि छोटो समयमै धावनमार्ग विस्तारको काम सम्पन्न भएको हो । विमास्थलमा अब एप्रोच लाइट जडानको काम मात्रै बाँकी रहेको छ ।

लक डाउनका कारण विदेशबाट सामान ल्याउन नसकिएकाले लाइट लडानको काम थाँती रहेको उनले बताए । धावनमार्ग निर्माण भएपछि विमानहरु सजिलै अवतरण र उडान भर्न सक्नेछन् ।

#ratopati#