Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

कलाकार संघको भवन निर्माणको लागि सरकार द्वारा बजेट बिनियोजन

Friday, May 29, 2020 National Power

काठमाडौ – सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेपाल चलचित्र कलाकार संघको भवन निर्माणार्थ बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री डा. युवराज खतिवडाले बिहीबार आर्थिक वर्ष २०७७/०७८ अनुमानित आयव्याय प्रस्तुत गर्दै नेपाली चलचित्र निर्माण गर्न प्रोत्साहन, कलाकार संघको भवन निर्माण, मौलिक चलचित्र निर्माण, देशैभर छायांकन स्थल लगायतका शीर्षकमा आवश्यक बजेट व्यवस्था गरेको घोषणा गरेका छन् ।

सरकारले यस आर्थिक बर्षको बजेटमा चलचित्र तथा कलाकारहरुलाइ सम्बोधन गरेकोमा सम्पूर्ण कलाकार संघका पदाधिकारीहरु र चलचित्रकर्मीहरुले खुसि ब्यक्त गरेका छन् भने नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले सरकारले बजेटमा कलाकार संघलाई समेटेकोमा सरकारलाई धन्यबाद व्यक्त गरे । ‘सरकारले हामी भवन बिहीन भएको महसुस गरेर बजेट विनियोजन गरेको छ । अध्यक्ष खड्का भन्छन सरकार प्रति सम्पूर्ण नेपाली कलाकारहरू आभारी छौं ।