काठमाडौ- नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले महामारीको परिस्थितिमा पनि जनतालाई राहत दिने गरी बजेट आएको बताएका छन् ।
आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत भएपछि संसद भवनमा प्रतिक्रिया दिँदै अध्यक्ष दाहालले निम्न वर्गका समुदायलाई पनि बजेटले सम्बोधन गर्ने प्रयास गरेको दाहालले बताए ।
उनले बजेटबाटआफु खुसी भएको प्रतिक्रिया दिए । ‘कोरोना महामारीको विषम परिस्थितिमा पनि निकै सन्तुलित, जनतालाई राहत दिने किसिमले, सिर्जनात्मक ढंगले, प्रगतिशिल, जनपक्षीय र समाजवाद उन्मुख बाटो पक्डिने गरी बजेट आयो, म खुसी छु,’ अध्यक्ष दाहालले भने, ‘सबै समुदाय त्यसमा पनि मुख्यतः निम्न वर्गका जनतालाई सम्बोधन गर्ने, राहत दिने प्रयास गरेको छ । त्यो सकारात्मक छ ।’
दाहालले आन्तरिक र बाह्य ऋण सहयोग र राजस्वको अनुमान वस्तुवादी भएको र त्यसबाट समस्या समाधान हुने पनि दाहालले बताए ।