Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

आज गणतन्त्रको १२ औं बर्ष गाँठ मनाईदै, जन अपेक्षा अनुसार काम नभएको गुनासो

Thursday, May 28, 2020 National Power

काठमाडौं – नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १२ वर्ष पूरा भइ १३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले बिहीबार गणतन्त्र दिवस मनाउँदै छन् ।

जनआन्दोलन २०६२/६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।
दुई सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्य भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । तर यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ ।

सरकारले विगतमा गणतन्त्र दिवसको दिन सार्वजनिक विदा दिने गर्दथ्यो । तर गत वर्षबाट गणतन्त्र दिवसको विदा कटौती गरिएको छ । गणतन्त्र दिवसको दिन नभई संविधान जारी भएको दिन असोज ३ गते सार्वजनिक विदा दिएर राष्ट्रिय उत्सवको रुपमा मनाउने निर्णय सरकारले गरेको छ ।

२०७२ साल जेठ १५ गते भने नेपालमा विनाशकारी भूकम्पले पुर्याएको जनधनको क्षतिको शोकमा गणतन्त्र दिवस मनाइएको थिएन ।

देशमा गणतन्त्र आएको एक दशक बितिसक्दा पनि जनअपेक्षा अनुरुपको प्रगति हुन नसकेको भन्दै जनता उत्साहित हुन सकेका छैनन् ।