Thursday 28th March 2024

    चितवनमा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रम सहित ‘होली विशेष २०८०’भव्यरुपमा सम्पन्न    सन्तोषको स्वरमा ‘हे मातृभूमि तिम्रा हामी सबै पुजारी …’ (भिडियोसहित)    ‘जुनियर मिस्टर एण्ड मिस इटहरी’को दोश्रो संस्करणको उपाधि विजेता बने बस्नेत र लुइँटेल    उपप्रधानमन्त्री लामिछानेले भने, ‘महाजात्रा हेरिरहँदा ऊर्जा महसुस गरेँ’    ११ औं म्यूजिक खबर म्यूजिक अवार्डको मनोनयन सार्वजनिक

सभापतिज्यू ! भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ : काँग्रेस नेता थापा

Wednesday, May 27, 2020 National Power

काठमाडौ – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि ढिला नगर्न आग्रह गरेका छन् । नक्सा सम्वन्धी विषयमा अनेक चलखेलहरु भइरहेको र नक्सालाई संविधानमा समावेश गर्ने प्रक्रिया विचैमा तुहिनसक्ने आशंका बढीरहेका बेला नेता थापाले बैठकका लागि ढिला नगर्न आह्वान गरेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवालाई नेता थापाले बैठक बोलाउन ढिला गर्न नहुने तर्फ ध्यानाकर्षण गराएका छन् । उनले परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षलाई औपचारिकता दिनका लागि मात्रै बैठक बोलाउन लागिएकाले ढिला नगरी भोली नै बैठक बोलाउनु पर्नेमा जोड दिएका हुन् ।

सामाजिक सञ्जाल फेशबुकमा थापाले लेखेका छन्,“परिवर्तित नक्सालाई संविधानको अङ्ग बनाउन प्रस्तुत संशोधनको पक्षमा उभिने पार्टी नेतृत्वको निष्कर्षको स्वामित्व लिने औपचारिकता का लागि मात्र केन्द्रीय समितिको बैठक चाहिएको हो। सभापतिज्यू ! भोलि नै बैठक बोलाई यो औपचारिकता पूरा गरौँ । काँग्रेस नेता थापाले पार्टीले यस विषयलाई तत्काल औपचारिक निर्णय गरेर ’फास्ट ट्रयाक’बाट संविधान संशोधन प्रस्तावलाई पारित गर्नेगरी नेतृत्वदायी भूमिका खेल्न पनि आग्रह गरेका छन् ।

भारतले सीमाना मिचेको विरुद्धमा नेता थापा सर्वाधिक सक्रियताका साथ लागेका छन् भने हडपिएको जमिनमा नेपालको नियन्त्रण कायम गराउन संसदबाट संकल्प गर्नुपर्नेमा पनि उनले जोड दिदै आएका छन् । प्रतिनिधि सभाको बैठकमा आज संशोधन प्रस्ताव पेश गर्ने भनिएपनि अन्तिममा आएर कार्यसूचीबाट हटाइएपछि आशंका बढ्दै गइरहेका बेला उनले काँग्रेसलाई तत्काल औपचारिक निर्णय गर्न जोड दिएका हुन् ।