Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

रेमिट्यान्समा भारी गिरावट

Tuesday, May 26, 2020 National Power

काठमाडौं – नेपाल राष्ट्र बैंकले मौद्रीक नीतिको समीक्षा गर्दै गर्दै रेमिट्यान्समा उच्च गिरावट आएको जानकारी दिएको छ । राष्ट्र बैंकका अनुसार गत वैशाख महिनामा ७५ अर्ब ४८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

अघिल्लो वर्ष (२०७५) को वैशाख महिनामा भने १ खर्ब ४३ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

२०७६ वैशाखसम्म आइपुग्दा भने रेमिट्यान्स ६७ अर्ब ६३ करोड रुपैयाँले घटेर ७५ अर्ब ४८ करोड रुपैयाँमा सिमित भएको हो । गत वर्षको सोही अवधिमा रु. १४३ अर्ब ११ करोड विप्रेषण प्राप्त भएको थियो ।

२०७६ फागुनमा ५ अर्ब १० करोड रुपैयाँ पर्यटन आय प्राप्त भएकोमा २०७६ चैतमा १ अर्ब ६० करोड प्राप्त भएको छ ।