Tuesday 22nd June 2021

    उपत्यकाको निषेधाज्ञा : निजी सवारीमा जोर बिजोर, बारअनुसार पसल खुल्ने    इरान र विश्वका ६ शक्ति राष्ट्रबीचको वार्ता स्थगित    राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते    बाढी र पहिरोमा परी एक सातामा १७ जनाको मृत्यु    मुस्ताङको भिडियो ट्वीट गर्दै डब्ल्यूएचओका महानिर्देशकले गरे स्वास्थ्यकर्मीको प्रशंसा

दुई पत्रकार सहित ४३ जना कोरोना संक्रमित निको भए, यो संगै नेपालमा१४५ जनाले कोरोनालाई जिते

Tuesday, May 26, 2020 National Power


काठमाडौ – बिरगंजको नारायणी अस्पतालमा उपचाररत थप ४३ जना कोरोनासंक्रमित निको भएका छन् जसमा २ जना पत्रकार समेत रहेका छ्न।

निको हुनेमा ४१ जना पुरुष रहेका छन् भने दुई जना महिला छन् । यसमध्ये ४२ जना पर्सा र १ जना सर्लाही जिल्लाको रहेको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार पीसीआर परीक्षणमा नतिजा नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितहरुमा निको हुनेको संख्या १४५ रहेको छ भने ४ जनाको कोरोनाको कारणले मृत्यु भैसकेको छ । यस अबधिमा ६८२ जनालाई कोरोनाको संक्रमण देखिएको छ ।