Saturday 20th April 2024

    पुजार सार्किको पहिलो गीत "दर्शन गरे" मा देखिए थ्रिस्टार    नेपालका ओझा द डेली ग्लोबल नेशनको अन्तरराष्ट्रिय शान्ती दूत नियुक्त    संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु    Singer Sharma Awarded Best gazal Singer Award For The Song "Kina"    सूत्र मिडिया प्रा.लि.ले सुम्प्यो कोईरालालाई सम्पादकको जिम्मेवारी

परोपकारी तथा मानव सेवामा लगाएको समय खेर जादैन : राजन थापा

Saturday, May 23, 2020 National Power

काठमाडौ – कोरोना संक्रमणको कारण नेपाल सरकारले लकडाउन गरेपछी कैयौं हुँदा खाने एबम आर्थिक रुपमा बिपन्न परिवारलाई खाद्यान्नको संकट एबम अभाव हटाउनको लागि विभिन्न सहयोगी हातहरुको साथ रहेको छ जसमा भक्तपुरका कल्पना अधिकारी ,ललितपुरका मिरा साह, ईन्दिरा घले, बेवि राजभण्डारी काठमाडौं बाट राजन थापा, सीता जिसि, काजिलाल श्रेष्ठ , रिमा साईराम, लिलावतिसिंह ठकुरी, लक्ष्मीदेवी उप्रेती र इनरुवाबाट राजेश पाखरेल, प्रमाेद मण्डल लगाएतका ब्याक्तित्वहरुको विशेष पहल एबम सहयोगमा काठमाडौका विभिन्न स्थानमा राहात बितरण गरेका भैरहेको छ।

विशेष गरि गंगवु, भक्तपुर, ललितपुर, चाबहिल, गौसला, सातदोबाटो , कपन, धुम्बराही, बानियाटार, नेपालटार, लगायतका विभिन्न स्थानमा खाद्यान्न बितरण गरेका छन।

कोरोनाको त्रास मात्रै कहाँ होर यहाँ त दिनभर कामाएर सँझ छाक टार्न पर्ने आम मानिसहरु भोकले मर्ने अबस्थामा छन, विशेष गरि यो जटिल परिस्थितिमा मानिसहरुका सपनाहरु त चकनाचुर त भएनै यही बेलामा महंगी र कालो बजारीको समेत उनीहरुलाई थिचेको छ ।

लकडाउनका कारणले समस्यामा परेका जनतालाई थोरै भए पनि राहत पुगोस भन्ने उदेश्यले हामीली यो अभियान लाई संचालन गरेका हौ र हाल सम्म विभिन्न स्थानमा गरेर हमीली करिव ५०० परिवारलाई अहिलेसम्म राहात बितरण गरेको छौं भन्छन् अभियान टोलीका एक सद्स्य पत्रकार एबम समाजसेवी राजन थापा ।

बिशेषत शारीरिक अपांगता भएका, सुत्केरी, एकल महिला साथै सरकारबाट राहत बितरण गर्दा छुटेका र जो नागरिकता नभएर राहत नपाई भोकै बस्नु पर्ने अवस्था थियो तिनिहरुको लागि राहत बितरण गरिएको बताईएको छ ।

पत्रकार थापाका भन्छ्न “यसरी परोपकारी तथा मानव सेवामा लगाएको समय खेर जादैन, यसले धर्म त हुन्छ नै आत्मसंन्तुष्टी पनि मिल्नेछ भन्ने हेतुले यो कार्यमा जुटेका हौ। विभिन्न माध्यम बाट सहयोग हौसला प्रधान गर्ने सबै प्रती आभारी छौ। बिपत को बेलामा आफूसंग हुनेले दिने नहुनेले मागी खाने अबस्था छ। तेसैले बिन्ती गर्दछु । आफू सक्दो सहयोगमा सबै जना जुटिदिनुहोला मानव जाती मा गरेको यो अबस्थाको लगानी खेर जादैन उहांँहरु लाई हाम्रो सानो सहयोग ले खान पुग्छ, चुलो बल्छ, पेट भरिन्छ भने त्यो भन्दा अनगिन्ती खुशी अरु हुन सक्दैन जस्तो मलाई लाग्दछ।”

लकडाउनका कारणले असहज परिस्थिति मा परेका मानिसहरुलाई सहयोग गर्न चहाने इच्छुकहरुले विभिन्न माध्यमबाट पनि सम्पर्क गर्न सकिने अभियान समुहका सदस्य एबम पावर न्युज मासिक पत्रीका तथा नेशनल पावर न्युज डट कमका ब्यवस्थापक एबम पत्रकार, समाजसेवी राजन थापा बताउँछन। उनी भन्छ्न ” तपाईंको दिनु भएको सहयोग जस्ताको तस्तै हामी पीडितहरु समक्ष पुर्याउने वाचा गर्दछौं । साथै राहतको सहयोग र बितरण गर्दा सहयोग गर्ने सम्पुर्ण सबै प्रती आभारी छौ।”