Saturday 13th December 2025

    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै    राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशमा चितवन उत्कृष्ट

कोरोना जितेर बाँकेका २१ जना घर फर्किए, फूलमालाले गरियो बिदाइ

Friday, May 22, 2020 National Power

काठमाडौ – कोरोनालाई पराजित गरी बाँकेका २१ जना शुक्रबार घर फर्किएका छन् ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, खजुराको आइसोलेसनमा उपचाररत २१ जना शुक्रबार डिस्चार्ज भएका हुन् ।

उनीहरूको तेस्रोपटक स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरी घर पठाइएको भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले बताए ।

कोरोना पराजित गर्नेलाई फूलमाला र खादा ओढाएर बिदाइ गरिएको थियो ।

कोरोना विशेष आइसोलेसन अस्पताल र भेरी अस्पतालका चिकित्सकले फूलमाला र खादा ओढाएर शुक्रबार मध्याह्न उनीहरूलाई अस्पतालबाट बिदाइ गरेको डा. थापाले जानकारी दिए ।

नेपालगन्जमा पहिलोपटक १९ वैशाखमा ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएका व्यक्ति पनि आज निको भएर घर फर्किएका छन् । उनीसहित नेपालगन्ज उपमहानगरपालिका–८, जोलाहनपुर्वाका २० जना कोरोना संक्रमित निको भएर घर फर्किएको डा. थापाले जानकारी दिए ।

उक्त अस्पतालमा नेपालगन्जका २५ जना र नरैनापुरकी आठ महिनाकी छोरी भएकी एक महिला उपचाररत थिए ।

अस्पतालमा बाँकी रहेकाहरूको समय नपुगेकाले केही दिनपछि कोरोना परीक्षण गरी डिस्चार्ज गरिने उनले बताए । उनीहरूको स्वास्थ्य अवस्था पनि सामान्य रहेको डा. थापाको भनाइ छ ।

नेपालगन्जमा पहिलोपटक १९ वैशाखमा ६० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो ।

त्यसैगरी कन्ट्रयाक्ट ट्रेसिङको आधारमा स्वाब परीक्षण गर्दा २३ वैशाखमा एकैसाथ २२ जनामा कोरोना पुष्टि भएको थियो ।