Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

उपत्यका प्रबेश गर्ने नाकाहरु अत्यावश्यक बाहेकको अवस्थामा पुर्ण रुपमा सिल गरिने

Thursday, May 21, 2020 National Power

काठमाडौ – काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै जाँदा उपत्यका प्रबेश गर्ने नाकाहरु अत्यावश्यक बाहेकको अवस्थामा पुर्ण रुपमा सिल गर्ने गृहमन्त्रालयले निर्णय गरेको छ ।

गृह मन्त्रालयले लकडाउन अवधिभर उपत्यका प्रवेशमा निषेध गर्ने निर्णय गरेको हो ।

गृहमन्त्रालयले काठमाडौं उपत्यकामा सबै निकायलाई परिपत्र जारी गर्दै उपत्यका प्रवेश गर्ने सबै नाकाहरु सिल गर्ने निर्णय गरेको हो ।

उपत्यकाभित्रका ३ वटै जिल्लामा पास लिएका सवारी साधनहरु हिड्न पाउने भएपनि उपत्यकालाई बाँकी नेपालबाट ओहोर दोहोर गर्न भने नपाइने गरी व्यवस्था गरिएको छ ।

गृहमन्त्रालयद्वारा जारी सूचना अनुसार अब कोही पनि मानिस काठमाडौंभित्र प्रवेश गर्न पाउने छैन । सरकारले तोकेको अत्यावश्यक कामका लागि बाहेक काठमाडौं छिर्न नपाउने गरी सिल गर्ने निर्णय भएको पत्र गृहले मातहतका निकायलाई पठाएकोछ ।

गृहले उपत्यकाका सबै स्थानीय तहलाई कार्यान्वयनका लागि पठाएको पत्रमा काठमाडौँ उपत्यका प्रवेशका सबै नाकाहरु अत्यावश्यक प्रयोजन बाहेक पूर्णरुपमा सिल गर्न आग्रह गरिएको छ । लुकिछिपी हुने प्रवेशलाई समेत पूर्ण रुपमा रोक्न निर्देशन दिइएको छ ।