Monday 15th December 2025

    लोकगायिका रीता थापा कांग्रेस धादिङ २ बाट उम्मेदवार सिफारिस    देशनिकाला प्रक्रियालाई थप तीव्र बनाउँदै अमेरिका, ६ वटा बोइङ विमान खरिद गर्ने तयारी    आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस विविध कार्यक्रम गरी मनाइँदै    समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता    एनपीएल २०२५ : फाइनल प्रवेशका लागि सुदूरपश्चिम र विराटनगर खेल्दै

नेपालमा बिहिबार र शुक्रबार शक्तिशाली अम्फान चक्रवातको खतरा

Wednesday, May 20, 2020 National Power

काठमाण्डौ – नेपालको मौसममा बङ्गालको खाडी जोडिने गर्छ । विशेष गरी वर्षायाममा पानी पर्नेदेखि हावाहुरी र चट्याङसम्म बंगालको खाडीको असर पर्ने गरेको छ । मौसमविदले विहिबार र शुक्रबार बंगालको खाडीमा उत्पन्न भएको शक्तिशाली अम्फान चक्रवातको असर नेपालमा पनि देखिने बताएका छन् । जसले गर्दा सुरक्षा सतर्कता उपनाउनुपर्ने देखिएको छ ।

गत शनिवारदेखि बङ्गालको खाडीमा उत्पन्न भएको शक्तिशाली अम्फान चक्रवातको असर नेपालमा पनि पर्ने सम्भावना देखिएको हो । अम्फान चक्रपातको प्रत्यक्ष प्रभाव समुन्द्र तटीय क्षेत्रमा पर्ने भएपनि त्यसको अप्रत्यक्ष प्रभाव नेपालको पूर्वी तथा मध्य क्षेत्रसम्म पर्ने मौसमविद्हरुले बताएका छन् । नेपालका प्रदेश नम्बर १ साथै पुर्वि पहाडी, हिमाली भागमा हल्का तथा मध्यम हिमपात हुने छ भने पुर्वि तराईका भागहरुमा भारी बर्षा हुनुको साथै चट्याङ्को पनि सम्भावना छ । चक्रवातको असर नेपालमा बिहिबार र शुक्रबार देखिने र त्यसपछिका दिनमा कमजोर भएर जाने मौसमविद बरुण पौडेल बताउँछन् ।

बङ्गलादेशमा उत्पन्न चक्रवातका कारण नेपालमा हावाहुरी सुरु भएकोले यस्तो बेला चट्याङ पर्ने भएकोले वन जङ्गल नजाने, विद्युतीय उपकरणहरु बन्द गर्ने, खोला नाला बढ्न सक्ने भएकोले सचेत हुन मौसमविद पौडेलले आग्रह गरेका छन् ।

जलसहितको आँधीले सबैभन्दा धेरै वङ्गालादेशमा प्रभाव पार्ने जनाइको छ । १५५ देखि १८५ किलोमिटरसम्म प्रतिघण्टाको दरमा अगाडि बढ्ने यो चक्रवातले भारतमा समेत असर पार्नेछ । बंगालको खाडीबाट उत्तरपूर्वतर्फ क्रमश सर्दै आएको चक्रवातले भारतको उत्तरपुर्वी राज्यहरु पस्चिम वंगाल, मेगालय, आसाम, सिक्किम लगायतको स्थानमा ठुलो असर गर्ने सम्भावना छ । अरेवियन सागर र बङ्गालको खाडीमा हरेक वर्ष यस किसिमका चक्रवात हुने र नेपालमा त्यसको प्रत्यक्ष प्रभाव पर्ने गरेको छ ।

#Repoters nepal#