Tuesday 22nd April 2025

    रसुवामा चौथो ग्रामिण फिल्म महोत्सव सम्पन्न, ‘ज्वाईँ साब’ बाट जीतु नेपाल उत्कृष्ट अभिनेता घोषित    गायक कृष्ण भट्टराईद्वारा स्वर्गीय गुरुदेव कामतको गीत ओठको मधुरस' पुनः प्रस्तुत    पहारी, उप्रेतीलाई ‘हरितारा चलचित्र पुरस्कार र परिवर्तन नेपालबाट विभिन्न ब्यक्तित्वहरु सम्मानित हुदै    शुष्मा शाही ठकुरीको सुमधुर स्वरमा मकै बारी दर्याम दर्याम सार्वजनिक    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न

काभ्रेमा जिप दुर्घटना, हामफाल्ने २ बेपत्ता

Wednesday, May 20, 2020 National Power

काठमाडौं – काभ्रेको भुम्लु गाउँपालिका–८, सिलामे भीरमा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा दुई जना बेपत्ता भएका छन् ।

दोलालघाटबाट चौरीदेउरालीका लागि छुटेको बोलेर उकालोमा ब्रेक फेल भएर पछाडि सर्न थालेपछि हामफालेका व्यक्ति बेपत्ता भएका हुन् ।
काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलका अनुसार, खाद्यान्न लिएर गएको बोलेरोमा तीन जना यात्रु थिए । तीमध्ये दुई जना मात्र हामफालेका थिए । बोलेरोभित्रै बसेकी महिलाको अवस्था सामान्य छ ।

पौडेलका अनुसार केही तल पुगेर बोलेरो रोकिएको थियो । हामफाल्ने दुई जना भने सुनकोशी नदीमा खसेका छन् । उनीहरुको खोजी कार्य जारी रहेको बताइएको छ ।

# Onlinekhabar#