Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

विदेशमा रहेका नेपालीहरूलाई ल्याउनुपर्छ भन्न मात्र सजिलो तर तयारी गर्न गाह्रो छ : प्रधानमन्त्री

Tuesday, May 19, 2020 National Power

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपालीहरूको उद्धार भने जस्तो सजिलो नभएको बताएका छन् । यो अमेरिका वा कतारले नेपालमा रहेका आफ्ना १०० नागरिक फिर्ता लगेजस्तो नभएको उनले बताए ।

सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने, ‘कतारले १०० जना लैजानु र हामीले कतारबाट पौने चार लाख ल्याउनु एउटै होइन ।’

आफू र परराष्ट्रमन्त्रीले कतार, यूएई, कुवेत, इजरायल, बहराइनलगायतका सरकार प्रमुखलगायतसँग कुराकानी गरेको र नेपाली नागरिकलाई आफ्नो नागरिक सरह व्यवहार गर्ने वचन दिएको उनले सुनाए । साथै समस्यामा परेका नेपाली नागरिकहरूलाई कसरी ल्याउने भन्ने हिसावकिताब भइरहेको बताए ।

विदेशमा रहेका नेपालीहरूलाई ल्याउनुपर्छ भन्न मात्र सजिलो तर तयारी गर्न गाह्रो भएको उनले सुनाए । प्रधानमन्त्री ओलीले भनेका छन्, ‘ह्वारह्वारी ल्याउने, कोरोना मात्र फैलाउने र देश नै सोत्तर बनाउने पक्षमा छैनौं ।’