Tuesday 18th March 2025

    निफ महोत्सवमा सहभागी हुन ५० बढी अन्तराष्ट्रिय चलचित्रकर्मीहरु नेपाल आउने क्रम सुरु    पाँचौं संस्करणको एपिक अवार्डमा वसुन्धरा भुसाललाई दीर्घ साधना सम्मान अर्पण    होली पर्वको अवसरमा KTMडाउनटाउनको म्युजिक भिडियो सार्वजनिक    एनआरएनए: उद्देश्यविहीन दौडधूपले संस्थालाई सङ्कटमा धकेल्दै    ललितपुरस्थित अनल ज्योति स्कूलको वार्षिक कार्यक्रम भव्य रूपमा सम्पन्न

इटाली सरकारद्वारा यात्रा प्रतिबन्ध हटाउने घोषणा, सिनेमा घर र उद्योग पनि खुल्ने

Sunday, May 17, 2020 National Power

काठमाडौं – इटाली सरकारले यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको छ । लकडाउन खुकुलो बनाएको इटाली सरकारले अब ३ जुनदेखि यात्रा प्रतिबन्ध हटाउने घोषणा गरेको हो ।

यसका साथै १५ जुनदेखि सिनेमा घरहरू तथा २५ मेदेखि स्विमिङ पुल र स्पोर्टस सेन्टर पनि खोलिने छ । यस्तै ४ मेदेखि उद्योगहरू खोल्ने अनुमति दिइएको छ ।

इटालीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले सम्भावित खतराको आकलन गरेरै यी निर्णयहरू लिइएको बताएका छन् । कोरोना संक्रमणबाट नराम्रोसँग प्रभावित इटालीलाई आर्थिक संकटबाट उकास्ने दृष्टिले यी निर्णयहरू लिइएको उनले बताए ।

यात्रा प्रतिबन्ध हटे पनि युरोपियन युनियनका देशहरूबाट इटाली आउने नागरिकहरूले अनिवार्य दुई हप्ता क्वारेन्टाइनमा राखिने प्रधानमन्त्री कोन्टेले बताए।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इटालीमा कोरोना संक्रमणबाट ३१ हजार सात सय ६३ जनाको ज्यान गइसकेको छ । दुई लाख २४ हजार सात सय ६० जना संक्रमित छन् । इटाली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देशहरूको सूचीमा पर्छ ।

कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले इटालीले फेब्रुअरी महिनामा लकडाउन घोषणा गरेको थियो । लकडाउन गर्ने इटाली युरोपको पहिलो देश हो ।