काठमाडौ – नेपाली भूमि लिपुलेक अतिक्रमण गरी भारतले सडक निर्माण गरिहेको विषयमा कुनै विवाद नभएको भारतीय सेनाका प्रमुख मनोज नराभनले दाबी गरेका छन् । शुक्रबार भारतको नयाँ दिल्लीमा ‘कोभिड र भारतीय सेनाः प्रतिक्रिया र पछाडि’ नामक छलफल कार्यक्रममा भारतीय सेनाका प्रमुख नराभनले भारतले भारतले आफ्नै भूमिमा सडक निर्माण गरेको दाबी गरेका हुन् । उनले भने, ‘यसमा मैले कुनै विरोधाभाष देखेको छैन।
नेपाली राजदूतले भनेका छन् । हामीले काली नदीको पश्चिमी भागमा सडक निर्माण गरेका हौं । नेपालले काली नदीको पूर्वी भागलाई आफ्नो भूभाग भनेर स्वीकार गरेको हो । त्रिदेशीय विन्दुको सम्बन्धमा त्यहाँ अहिले पनि विवाद रहेन ।’
उनको कुनै देशको इशारामा नेपालले यो मुद्दा उठाएको हुन बताएका हुन् । तर कुनै देशको नाम नलिएको भारतीय मिडियाले जनाएका छन् ।
भारतले नेपाली भूमि कालापानी–लिपुलेक क्षेत्र अतिक्रमण गरी अनधिकृत रूपमा निर्मित तिब्बतको मानसरोवर जाने सडकको उद्घाटन गरेपछि नेपालमा चर्को विरोध भइरहेको छ ।
यसअघि लिम्पियाधुरा, कालापानी, लिपुलेक क्षेत्रको करिब ३८५ वर्गकिमि नेपाली भूमि आफूतिर पारेर विवादास्पद नक्सा प्रकाशित गरेपछि भारतसँगको सीमा विवाद उत्कर्षमा पुगेको छ ।