Thursday 24th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

अर्थतन्त्रलाई उत्पादनशील र सुदृद्ध बनाउने नीति सरकारले लिएको छ : रास्ट्रपति

नेपाललाई कोरोनामुक्त देश बनाउन सरकारको पहिलो प्राथमिकता रहेको नीति तथा कार्यक्रम बाचन गर्र्दै राष्ट्रपतिले बताइन् ।
Friday, May 15, 2020 National Power


काठमाडौ – सरकारले कोरोनाभाइरसका कारण मित्रराष्ट्र तथा विकास साझेदारहरुको स्रोत साधन परिचालनको प्राथमिकता फरक हुन सक्ने भन्दै अधिकतम आन्तरिक स्रोत परिचालनको नीति लिएको छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुरा बताएकी हुन् ।

अधिकांश मुलु्कको आर्थिक वृद्धिदर ऋणात्मक हुन सक्ने देखिएको सन्दर्भमा जोखिम व्यवस्थापन गर्न सक्षम नेपाली अर्थतन्त्रलाई उत्पादनशील र सुदृद्ध बनाउने नीति सरकारले लिएको छ ।

यस्तै आर्थिक क्रियाकलाप, कृषि, विकास निर्माणका कार्य र सामाजिक जनजीवनमा थप क्षति हुन नदिइ सुचारु गरेर तीव्रता दिने पनि सरकारको नीति रहेको छ । स्वास्थ्य, शिक्षा, लैंगिक समानता र अन्य सामाजिक सांस्कृतिक कार्यक्रम सञ्चालन र सेवा प्रवाह गरी स्वस्थ, शिक्षित र गतिशिल सामाजिक जीवन कायम गरिने सरकारको नीति रहेको छ ।

सरकारले सुरु गरेका आयोजनाहरु तोकिएको समयमा सम्पन्न गर्ने पनि सरकारको भनाइ छ । फजुल खर्च रोक्ने, उत्पानशील क्षेत्रमा लगानी केन्द्रीत गर्ने तथा वित्तीय अनुशासन कायम गर्ने पनि सरकारको नीति छ। स्वदेशमै रोजगारी सिर्जना गर्ने गरी काम गर्ने पनि सरकारको नीति छ।

नेपाललाई कोरोनामुक्त देश बनाउन सरकारको पहिलो प्राथमिकता रहेको नीति तथा कार्यक्रम बाचन गर्र्दै राष्ट्रपतिले बताइन् । संक्रमणको परीक्षणलाई व्याक बनाइने, चिकित्सक, औषधिको कुनै अभाव हुन नदिने पनि सरकारको नीति छ। कसैको पनि ज्यान जान नदिने गरी सरकार दृढतापूर्वक लागिपरेको पनि राष्ट्रपतिले बताइन् ।