Sunday 13th April 2025

    १५औं संस्करणको रमपम विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न    सुमित्राले चुमिन एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५को ताज    फिल्म हलमा ‘पीताम्बर’ र ‘कर्मा’    गायिका सुजाता केसीको आवाजमा ‘मेरो बोली सुन्दा– २’, प्रेमिल भावनाले भरिएको नयाँ गीत सार्वजनिक    साँगे अभियानले सामाखुशी साउथ वेष्टर्न कलेजमा ३० गते चियापान तथा शुभकामना कार्यक्रम गर्ने

काठमाडौंमा मोदी – ओलीको पुत्ला दहन

Monday, May 11, 2020 National Power

काठमाडौं – आज काठमाडौंको बबरमहलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन भएको छ । नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा सीमा बचाउ अभियानका युवाहरुले पुत्ला दहन गरेका हुन् । पुत्ला दहनमा सहभागी करिब ३० जना युवायुवतीलाई प्रहरीले बबरमहलबाट प्रहरीले गिरफ्तार गरेको छ ।

उता, महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीले विद्यार्थी तथा सीमा रक्षा अभियानका अभियान्ताहरूले विरोध गर्दै निस्किएपछि प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएका छन् । उनकाअनुसार लकडाउन उल्लंघन गरेको भएर ती विद्यार्थीहरु पक्राउ परेका हुन् । अहिले उनीहरूलाई नियन्त्रणमा दिई भृकुटीमण्डपस्थित् पुलिस क्लबमा राखेको छ।