Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

परराष्ट्रमन्त्री ज्ञवालीको भारतलाई जवाफ – सीमा वार्ताका लागि कोरोनापछिसम्म पर्खंदैनौं

Monday, May 11, 2020 National Power

काठमाडौ – परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सरकार ले भारतसँग जुनसुकै तहमा भए पनि वार्ता चाहेको बताएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा उनले सरकारले दुई देशबीच समझदारी बनेको परराष्ट्र सचिव स्तरीय वार्ताका लागि पहल गरे पनि हुन नसकेको बताए।

‘हामीले दुई पक्षबीच सहमत भएको परराष्ट्र सचिव स्तरीय संयन्त्र हो, त्यहाँबाट वार्ता सुरू गरौं भन्ने हो’, ज्ञवालीले भने, ‘हामी प्रधानमन्त्री, परराष्ट्र मन्त्री जुनसुकै तहमा वार्ता गर्न चाहन्छौं।’

उनले सरकार कोरोनापछिसम्म वार्ताका लागि कुर्नेमा नरहेको बताए। ‘भारतीय विदेश मन्त्रालयका प्रवक्ताले कोरोनापछिसम्म भनेर भन्नु भएको छ …हामी त्यति पर्खंदैनौं’, ज्ञवालीले भने। यद्यपि भर्चुअल बैठक गर्न उचित नहुने उनको तर्क थियो।

‘राष्ट्रियतासँग जोडिएकाले डाटाको सुरक्षाको विषय उठ्छ’, उनले भने, ‘तर हामी फुर्सदमा वार्ता गर्ने पक्षमा छैनौं।’

समितिकै सदस्य रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई भिडिओ कन्फरेन्सबाट भए पनि वार्ता गर्न सुझाएका थिए।

परराष्ट्र मन्त्री ज्ञवालीले वार्ताका लागि भारतलाई गत नोभेम्बरको २ तारिखदेखि सरकारले निरन्तर ताकेता गरेको उल्लेख गरे।

ज्ञवालीले भारतलगत्तै चीनसँग पनि सरकारले त्रिदेशीय बिन्दु टुंगो लगाउन छलफल गर्ने बताए।

लिपुलेकका विषयमा भारत र चीनले नाका बनाउने समझदारी गरेको र उक्त भूमि नेपालको भएकाले पनि चीनसँग कुराकानी गर्नुपर्ने आवश्यकता महशुस भएको ज्ञवालीले उल्लेख गरे।

‘पहिला भारतसँग कुराकानी गर्छौं। किनभने अहिले उठेको विषय दुई पक्षीय हो’, ज्ञवालीले भने, ‘एउटा बिन्दुमा पुगेपछि हामी चीनसँग पनि वार्ता गर्छौं।’