Thursday 17th July 2025

    ‘गाईजात्रा महोत्सव’ साउन २४ गतेदेखि, १४ कमेडियनले प्रस्तुति दिने    “बज्र इको क्लब”लाई अष्ट्रेलियाबाट 'वातावरण संरक्षण पुरस्कार' प्रदान    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

मजदुर र बिरामी परेका मानिसहरु लाई कोठा कोठामा राहत वितरण गर्दै नेविसंघ

Saturday, May 9, 2020 National Power

काभ्रेपलान्चोक : जारी लकडाउनका कारण सबैभन्दा समस्यामा मजदुर र बिरामी मानिसहरुमा परेका छन्। काम बन्द भएर मजदुर भोकभोकै छन् भने बिरामीले उपचारसमेत पाउन सकिरहेका छैनन्।

यसबीच काभ्रेपलान्चोक जिल्लाको बनेपामा राहतका लागि गैरसरकारी क्षेत्र, विद्यार्थी नेता र सामाजिक अभियन्ता पनि सक्रिय छन्। अहिले नेपाल विद्यार्थी सँघ काभ्रेका नेताहरु पनि राहतका लागि सक्रिय छन्।

नेविसंघका अध्यक्ष निरपेश बादेले घरघरमै पुगेर राहत वितरण गर्दै आएका छ्न । अध्यक्ष बादेले लकडाउनको समस्यामा परेका मजदुर र बिरामी परेका मानिसहरु लाई घरमै राहत पुर्‍याइरहेका छन्।

वनेपा एरियाको मजदुरहरु र बिरामी परेका मानिसहरु लाई घर घर र कोठा कोठामा दैनिकी ज्यालादारी काम गर्न मजदुर , सुत्केरी , अपांग , साहारा नभएको आमा बुबाहरु गरि झण्डै ३०० जना लाई राहत विरण गरेका छनन् ।

नेविसंघले राहत सामाग्रीमा १५ केजि चामल , १ केजि दाल , १ केजि चिनी , १ लिटर तेल , भुजिया एक प्याकेट , च्यापति एक प्याकेट , गुलुकोज एक वट्टा ,आदि वितरण गरेका छ्न ।

नेविसंघका अध्यक्ष निरपेश बादेले लकडाउनमा कोही पनि मजदुर, बिरामी परेका मानिसहरु र विद्यार्थीहरु लाई भोकभोकै नहुन् भनेर राहत वितरण गर्दै आएको बताए। ‘सरकारले कोरोना रोकथामका लागि लकडाउन लगाएको छ,’ उनले भने,‘लकडाउन लम्बिँदै गएपछि विपन्‍न वर्गका व्यक्तिलाई समस्या भएको छ। त्यसैले उनीहरुलाई घरमै राहत पुर्‍याउँदै आएको छु।’