Friday 25th June 2021

    सविता भण्डारीका हत्यारालाई कडा भन्दा कडा कार्वाहीको माग गर्दै विरोध र्याली    आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्ने सरकारको निर्णय    मन्त्रिपरिषद अब ५ सदस्यीय मात्रै    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त    सर्वोच्चको आदेशपछि यी उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्री पदमुक्त

संगितकर्मी सँघ पिडितलाई मल्हम

Saturday, May 2, 2020 National Power


बनेपा – कलाकारहरुकाे हक हितका लागि गठित राष्ट्रिय संगितकर्मी संघ गरिव दुखीकाे सहारा बनिरहेका छन् । नाेबेल काेराेना भाइरसका कारण जारी लकडाउनका कारण राेजिराेटि गुमाएका निम्न वर्गका अलपत्र पिडितहरुका लागि मल्हम लगाउने काम संघले निरन्तरता दिइरहेकाे छ । चीन बाट शुरु भएको नोबेल कोरोना भाइरसले विश्व आक्रन्त बनेको छ।यसबाट नेपाल पनि अछुतो रहन सकेकाे छैन ।

नेपालमा जारी लामो लकडाउनको कारणले दैनिक ज्यालादारी काम गरेर जिबिकोपार्जन गर्ने हुदा खाने समुदाय कलाकार, मजदुर, दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरु बिहान बेलुका छाक टार्न सारै गाह्राे परिसकेको छ । यस्तो अवस्थामा कलाकार हरुको छाता सङ्गठन राष्ट्रिय सङ्गीत कर्मी सङ्घले थोरै भए पनी कलाकारिता क्षेत्रमा आवद्ध ब्यक्तिहरु गायक ,गायिका ,चलचित्र कर्मी ,प्राबिधिक ,सङ्गीतकार , गितकारका साथै दैनिक मजदुरी गर्ने चेपाङ्ग समुदाय, दृस्टिबिहिन अपाङ्गता भएका ब्यक्तिहरुकाे सहारा बन्न पुगेको छ । साथै अन्य समस्यामा परेका बृद्ध बृद्धा, असहाय, साथमा कागज पत्र नभएका हिडेर वडा कार्यलय सम्म पुग्न नसकेका ब्यक्तिहरुका लागि निरन्तर पाँच हप्तादेखि निरन्तर राहात वितरण अभियानमा जुटेको छ ।

यसरी राहत वितरणका लागि चर्चित गायक, कलाकार, चलिचत्र निर्माता एवम् राष्ट्रिय सङीतकर्मी सङ्घका महासचिव तथा विपद व्यवस्थापन समितिका संयाेजक बिक्रमजंग शाहकाे नेतृत्वमा जुटिरहेका छन् । यस अभियानमा शाहका साथमा चर्चित लाेक दाेहारी गायक तथा राष्ट्रिय संगितकर्मी संघका अध्यक्ष राजेन्द्र कार्की लगायत संघका पधादिकारी हरु क्रमशः अमृत खाती उमा श्रेष्ठ , नमराज ढुंगाना, श्याम धिताल, सिर्जु अधिकारी , होम सुवेदी , मिलन श्रेष्ठ, सुमी श्रेष्ठ, लगायत दैनिक ३ वटा समूह बनाएर राहत बितरणमा लागि खटिरहेका छन् । संघले अहिले सम्म उपत्यकाको सुर्यबिनायक , ठिमी, लोकन्थली , काडाघारी , मुलपानी, टोखा , सरस्वती खेल, कौसलटार , कोटेश्वर , जडीबुटी , इमाडोल , सिनामंगल, मित्र पार्क, चाबहिल , जोरपाटी , नयाबस्ती , गोठाटार , आरुबारी , धुम्बाराही, सामाखुसी , ग्रीन्ल्याण्ड, माछापोखरी , सोर्हखुट्टे, कालीमाटी , बल्खु , कलन्की, ढुङ्गेअड्डा लगायतका विभिन्न स्थानमा पुगी करीब ३ हजार भन्दा बढी ब्यक्तिहरुको पेट भर्न को लागि आफुलाई जोखिम बाट सुरक्षित बनाई हिडिरहेका छन् ।

 

यस्तो विपदकाे समयमा हातमुख जाेड्न समस्यामा परेकालाई थाेरै भए पनि राहत वितरण गर्न पाउँदा संस्थाका पदाधिकारीहरुले गाैरव महशुस गरेकाे बताउँदै गरिब असहायका लागि राहत वितरणमा निरन्तर लागिरहने शाहले जानकारी दिए ।