Thursday 13th November 2025

    एमसीए–नेपालले निर्माण गर्ने प्रसारण लाइनको दायाँ दायाँका जग्गामा संरचना निर्माण गर्न र रुख रोप्न निषेध    आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो सम्पन्न रुपमा सम्पन्न    ‘यो नयन’ गीतको म्युजिक भिडियो सार्वजनिक     १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव ठमेलमा हुने    रास्वपाको ११ निर्णय : ४० वर्षमुनिका २७ प्रतिशत युवा उम्मेदवार बन्न पाउने

गरिबीले थिचिएकी आमाले बच्चालाई फकाउनका लागि ढुङ्गा उमालेर खाना पकाएको नाटक गरिन

Friday, May 1, 2020 National Power

एजेन्सी -कोरोना संकटले केन्यामा एक महिलालाई यति गरिब बनाइदियो कि उनले आफ्ना बच्चालाई फकाउनका लागि ढुङ्गा उमालेर खाना पकाएको भन्दै नाटक गर्नुपरेको थियो ।

आठ सन्तानकी यी महिलाको नाम पेनिना बहानी कित्साओ हो । पेनिना अशिक्षित र विधवा हुन् । उनी मानिसहरुको कपडा धोएर आफ्नो र आफ्ना बालबच्चाको पेट पाल्थिन् तर कोरोना संक्रमण फैलिएपछि उनको काम ठप्प भयो ।

पेनिनाका लागि गरिबी र मुश्किल यति बढ्यो कि उनीसँग आफ्ना बच्चाका लागि खुवाउन केही पनि थिएन । त्यसकारण उनले आफ्नो बच्चालाई फकाउनका लागि ढुङ्गा उमाल्न सुरु गरिन् । पेनिनाले सोचिन् कि आमाले केही पकाएको देखेर बच्चाहरु कुर्दाकुर्दै निदाउनेछन् ।

एक छिमेकी उनको बच्चाहरु रोएको सुनेर केही समस्या त छैन भनेर हेर्न पुगिन् । त्यहाँ उनले जे देखिन् त्यसको भिडियो बनाइन् र यसबारे मिडियालाई जानकारी दिइन् ।

पेनिनाको कहानी सुनेर मानिसहरुले उनीहरुका लागि पैसा जम्मा गरिदिए । उनलाई केन्याभरीका मानिसहरुले फोन गर्न थाले । पेनिनाका एक छिमेकीले उनको बैंक अकाउन्ट खोलिदिए जसमार्फत् उनले पैसा पाइन् ।

पेनिनाले भनिन्, ‘मैले कहिले पनि सोचेकी थिइनँ कि केन्याका मानिसहरु यति सहयोगी हुन्छन् ।’

आफूमाथि सहयोग आउनुलाई उनी चमत्कारको संज्ञा दिन्छिन् । उनले भनिन्, ‘मेरा सन्तानलाई थाहा भयो कि मैले ढुङ्गा पकाएर उनीहरुलाई फकाउने कोसिस गरिरहेकी छु । तर मसँग अर्को कुनै विकल्प पनि थिएन ।’

केन्यामा हालसम्म ३ सय ९५ संक्रमित भेटिएका छन् भने १९ जनाको मृत्यु भइसकेको छ ।

# बीबीसी#