Thursday 17th June 2021

    कर्णालीका १० वटै जिल्ला अस्पतालका लागि प्रारम्भ र फाउण्डेशनको सहयोग    रत्न कुश रंजित र नवराज मानन्धरले गरे सालम चर्जलाई खाद्यान्न सहयोग    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    म जनता थिएँ जेल हाले, नरोत्तम नेता भएकाले माफी मागे पुग्यो : निर्देशक निरौला    काभ्रेको पाँचखालमा उपकार सेवा नेपाल र अग्रवाल सेवा केन्द्रले गर्यो राहत वितरण

कोरोनाभाइरस चीनको ऊहानस्थित एक प्रयोगशालाबाट सुरु भयोः डोनाल ट्रम्प

Friday, May 1, 2020 National Power


एजेन्सी – एकातिर अमेरिकी गुप्तचर एजेन्सीले कोरोनाभाइरसलाई जानीजानी पैदा गरिएको होइन भनेको छ भने अर्कोतर्फ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यो भाइरस चीनको ऊहान शहरको एक प्रयोगशालामा विकसित गरिएको दाबी गरिरहेका छन् ।

बिहिबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पलाई एक पत्रकारले सोधे, ‘कोरोनाभाइरस ऊहान इन्स्टिच्युट अफ भाइरोलोजीमा पैदा गरिएको हो भनेर तपाईंले यति आत्मविश्वासका साथ कसरी भनिरहनुभएको छ ? के तपाईंसँग यसको प्रमाण छ ?’

यो प्रश्नको जवाफमा ट्रम्पले भने, ‘पक्कै पनि, मसँग छ । मलाई लाग्छ कि विश्व स्वास्थ्य संगठनले चीनको प्रचार–प्रसारको जुन काम गरिरहेको छ, त्यसमा लाज लाग्नुपर्ने हो । डब्ल्यूएचओ चीनको जनसम्पर्कको रुपमा काम गरिरहेको छ ।’

ट्रम्पले भने, ‘तर मलाई चीनले यस्तो जानीजानी गर्यो वा गल्तीपूर्वक गर्यो, त्यो थाहा छैन । या कसैले कुनै लक्ष्य प्राप्तिका लागि यस्तो गर्यो । मानिसहरुलाई हुबेईबाट चीनको अन्य स्थानमा जान रोक लगाइएको थियो तर संसारभरी यात्रा गर्न भने छुट थियो । म यस्तो कुरा बुझ्दिन । चीनभरी मानिसहरुको आवतजावतमा प्रतिबन्ध थियो तर संसारभरी यात्रा गर्न कसैलाई पनि केही प्रतिबन्ध थिएन । जे भयो त्यो निकै खराब भयो । यो निकै कठिन प्रश्न हो र यसको जवाफ भेटिन बाँकी नै छ ।’

कोरोनाभाइरसकाकारण संसारभरी हालसम्म ३३ लाख बढी व्यक्ति संक्रमित छन् भने २ लाख ३४ हजार बढीको ज्यान गइसकेको छ ।

# बीबीसी#