Tuesday 8th July 2025

    डिबी र सुनिताले ल्याए रोमान्टिक गीत ‘म त गाउँले ठिटो’    ‘मिस एण्ड मिसेस गुरुङ २०८२’को खोजी सुरु, असार २६ मा पहिलो अडिसन    १५ सदस्यीय कार्यसमिति चयन गर्दै राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभा सम्पन्न    Nepal's First Largest International Level Inclusive Music Award.    “दुरदेखि आएँ प्रिय” निर्देशक खरेलको समाजप्रति एक गहिरो व्यंग्यात्मक दृष्टि

कोरोना संक्रमणबाट विश्वभर एक अरब मानिस संक्रमित हुन सक्छन्: आईआरसी

Wednesday, April 29, 2020 National Power

एजेन्सी – अन्तर्राष्ट्रिय उद्दार समिति (आईआरसी) ले संसारभर एक अरब मानिस कोरोना महामारीको चपेटमा पर्न सक्ने चेतावनी दिएको छ । आईआरसीले यदि विश्वका कमजोर देशहरुलाई तत्काल मद्दत नगर्ने हो भने एक अर्बभन्दा बढी मानिसहरु महामारीको चपेटामा पर्न सक्ने चेतावनी दिएको हो ।

उक्त संगठनले विश्वव्यापी रुपमा महामारीको प्रभाव रोक्न आर्थिक र मानवीय सहायता आवश्यक रहेको समेत बताएको छ । अफगानिस्तान र सिरियाजस्ता युद्धग्रस्त देशहरुमा तत्काल लगानीको आवश्यकता रहेको दाबी गर्दै उक्त संगठनले यसका लागि समेत एकदमै छोटो समय रहेकोले अन्यथा भएमा संक्रमणले विनाश निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

जोन हपकिन्स विश्वविद्यालयको रिपोर्टअनुसार अहिलेसम्म विश्वमा ३० लाखभन्दा बढी मानिसहरु कोरोना संक्रमित देखिएका छन् भने २ लाखभन्दा बढी मानिसहरुको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य संगठन र इम्पीरियल कलेज लन्डनको तथ्याङ्कमा आधारित भएर निर्माण गरिएको आईआरसी प्रतिवेदनले भनेको छ, ‘विश्वभर कोरोना भाइरस संक्रमितहरुको संख्या ५० करोडदेखि १ अरबको बीचमा पुग्न सक्छ ।’

प्रतिवेदनमा भनिएको छ, ‘द्वन्द्व प्रभावित र अस्थिर देशहरुमा संक्रमणका कारण करिब ३० लाख मानिसहरु मर्ने अनुमान छ ।’ महामारी रोक्न तत्काल लगानी र अन्य व्यवस्थापकीय कार्यक्रमहरुलाई तत्काल अघि बढाउन समेत आईआरसीले भनेको छ ।

#BBC#