काठमाडौं- गीतकार वसन्त वित्यासी थापाको शब्दमा राष्ट्रिय भाव जगाउने गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
‘मैले टेक्ने जमीनमा…’ शीर्षकको उक्त गीतमा दीपक लिम्बू, रीमा गुरुङ होडा तथा निरास मगरको स्वर सुन्न सकिन्छ ।
निराश मगरद्वारा संगीतबद्ध उक्त गीतमा महाराज थापाको संगीत संयोजन छ ।
उक्त भिडियोलाई दिपेन बस्न्यातले निर्देशन तथा सम्पादन गरेका हुन् ।
भिडियोमा भुवन अछामी, दीपक श्रेष्ठ, आर्यन अछामी, सुष्मिता गिरी, पवित्रा थापा, प्रिया थापा, मणिराम थापा, विजु थापा आदि कलाकारले अभिनय गरेका छन् ।