Sunday 16th November 2025

    विशिष्ट व्यक्तित्व सम्मानसहित नागरिक समाजको १९ वर्षपूर्ति समारोह सम्पन्न    बुटवलकी रक्षा पन्तले जितिन् मिसेस नेपाल वल्र्ड २०२५ को उपाधि    ‘शरदको तिमी जुन हौ’ सार्वजनिक    छैटौं संस्करणको जिनियस म्युजिक अवार्ड सम्पन्न, मीरा राणालाई दीर्घसाधना सम्मान    एभेन्टोज डिजिटल र म्युजिक नेपालबीच “लोक दोहोरी स्टार” का लागि आधिकारिक सहकार्य सम्झौता

लकडाउन उलंघन गर्ने २३ जना व्यापारी प्रहरीको नियन्त्रणमा

Tuesday, April 28, 2020 National Power

काभ्रेपलान्चोक – नेपाल सरकारले देश लाई नै लकडाउन लगाएको पनि एक महिना भन्दा बढि भैसकेको छ ।

नेपालमा कोरोना भाईरस फैलिन नदिनको लागि गरेको लकडाउन उलंघन गर्ने २३ जना व्यापारीहरुलाई इलाका प्रहरी कार्यालय बनेपाको टोलिले नियन्त्रणमा लिएर कार्वाही गरेको छ ।

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाको अनुसार अति आवश्यकीय भन्दा फरक प्रकृतिको पसल सञ्चालन गरी लकडाउन उलंघन गरेका २३ जना व्यापारीहरुलाई नियन्त्रण गरिएको हो ।नियन्त्रणमा लिएका २३ व्यापारीहरुलाई कोरोना सम्बन्धि चेतना मुलक शिक्षा दिइ छोडीएको थियो ।